Breaking News

राजधानीमै नेताहरुलाई सुरक्षा ‘थ्रेट’, सबैभन्दा धेरै खतरा राजेन्द्र महतोलाई

Feb Tue 2020 05:40:21

385 views

राजधानीमै नेताहरुलाई  सुरक्षा ‘थ्रेट’, सबैभन्दा धेरै खतरा राजेन्द्र महतोलाई

सुरक्षा निकायका प्रमुखहरुले गृहमन्त्री शक्तिबहादुर बस्नेत समक्ष आन्दोलनरत मधेसी मोर्चाका नेतामाथि सुरक्षा खतरा रहेको ‘ब्रिफिङ’ गरेका छन् ।

फाइल फोटो

दुई महिना लामो नाकाबन्दी र आन्दोलनका क्रममा दिएको उत्तेजक अभिव्यक्तिहरुका कारण पहाडी समुदायमा मधेसी नेताप्रतिको आक्रोश बढ्दै गएको भन्दै सुरक्षा निकायले त्यस्तो रिपोर्ट दिएको हो ।

सोतका अनुसार समाजमा साम्प्रदायिक भावना फैलाउन चाहने तत्वबाट मधेसी नेतालाई खतरा रहेको सूचना गृहमा पुगेको छ ।

‘पहाडी र मधेसीबीचको साम्प्रदायिक भावना बढ्दै गए नकारात्मक घटना हुन सक्छन्’, सुरक्षा प्रमुखहरुको हवाला दिँदै गृहमन्त्रीनिकट श्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘मधेसी नेताहरुलाई राजधानीमा असुरक्षा छ ।’

साम्प्रदायिक तत्वले फाइदा उठाउन नसकोस भनेर मधेसी नेताको सुरक्षामा विशेष सतर्कता अपनाइएको स्रोतले बतायो । मधेसी दलका अधिकांश शीष्र्न नेताका लागि व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) को व्यवस्था छ ।

गृहमन्त्री बस्नेतले धमिलो पानीमा माछा मार्न सक्रिय तत्वले फाइदा उठाउन सक्ने भन्दै मधेसी नेताको सुरक्षामा सतर्कता अपनाउन तीनवटै सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिएका छन् ।

प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुले मधेसी नेताको सुरक्षामा कुनै हेलचेक्र्याइँ हुने नदिने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सञ्जालमा मधेसी र अन्य समुदायबीचको ध्रुवीकरण प्रष्टै देखिन्छ ।

पछिल्लो समय मधेसीले पहाडी समुदायका सबैलाई शासक देख्ने र पहाडीले मधेसमा बस्ने सबै नेपालीलाई भारतीय देख्ने प्रवृत्ति बढ्दै गएको छ ।

उक्त प्रवृत्ति बढ्दै गए कुनै दिन अप्रिय स्थिति आउन नसक्ने सुरक्षा निकायको निष्कर्ष छ ।

सबैभन्दा धेरै ‘थ्रेट’ राजेन्द्रलाई सामाजिक सञ्जालमा सबैभन्दा धेरै गाली खाने मधेसी नेतामा पर्छन्, सदभावना अध्यक्ष राजेन्द्र महतो । तुलनात्मक रुपमा अरु मधेसी नेताभन्दा महतोले पहाडी समुदायलाई भड्काउने खालको उत्तेजक अभिव्यक्ति दिने गरेका छन् ।

किन पनि पहाडी समुदाय महतोप्रति बढी आक्रोशित छ भने वीरगञ्ज नाकामा अवरोध गर्ने कामको नेतृत्व महतोले नै लिएका छन् ।

भारतले वीरगञ्ज नाकामा नेपालीले नै अवरोध गरेकाले सुरक्षाका कारण आपूर्ति व्यवस्था अवरुद्ध भएको दाबी गर्दै आएको छ ।

वीरगञ्ज भारतसँगको मुख्य भन्सार नाका हो । अन्य नाकाबाट फाट्टफुट्ट रुपमा पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्ग सामग्रीको आयात भइरहे पनि दुई महिनाभन्दा बढी समयदेखि व्रिगञ्ज नाका भने ठप्पै छ ।

भारतसँग मिलेर नेपालमाथि नाकाबन्दी लगाएको भन्दै उच्छृंखल युवाहरुको एक समूहले महतोको बानेश्वरस्थित निवासमा तोडफोड प्रयास गरेको थियो ।

तर प्रहरी तत्काल घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएकाले अप्रिय घटना हुन पाएन ।

- See more at: http://kathmandutoday.com/2015/11/149501.html#sthash.p7X0tWyK.dpuf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?