Breaking News

सामसुङको ग्यालेक्सी एस एट प्लसको मूल्य १०५० डलर थप फिचर्सहरु

Feb Tue 2020 05:40:54

376 views

सामसुङको ग्यालेक्सी एस एट प्लसको मूल्य १०५० डलर    थप फिचर्सहरु

ग्यालेक्सी एस एट प्लसमा ६.२ इन्चको क्वाड एचडी प्लस एमोलेड डिस्प्ले हुनेछ । ग्यालेक्सी एस एट प्लसमा आइरिस स्क्यानर, ६४ जिबीको मेमोरी तथा वायरलेस चार्जिंग हुनेछ ।

साथै यसमा ४ जिबीको र्याम, १२ मेगापिक्सेलको डुअल क्यामरा, ८ मेगापिक्सेलको सेल्फी क्यामरा, धुलो तथा पानी प्रतिरोधी हुुनुका साथै र सामसुंग पे समेत सिस्टम समेत हुनेछ ।

नयाँ स्मार्टफोनमा सामसुङको नयाँ १० न्यानोमिटर फ्याबि्रकेसन टेक्नोलोजीको प्रयोग गरिनेछ । जसले यी स्मार्टफोनलाई ग्यालेक्सी एस सेभेन मोडेल भन्दा ११ प्रतिशत तेज बनाउनेछ । त्यस्तै २३ प्रतिशत तेज ग्राफिक्स प्रोसेसिंग हुनुका साथै उर्जा खपतमा २० प्रतिशत बढि किफायती हुनेछ ।

साथै ग्यालेक्सी एस एटमा युएसबी सी चार्जिंग पोर्ट, हेडफोन सकेट पनि रहनेछ । समाचार अनँसार एस एटको मूल्य ९५० डलर तथा एस एट प्लसको मूल्य १०५० डलर हुन सक्नेछ । समाचार अनुसार सामसुंगले एकसाथ दुइ मोडेलका नितान्त फरक स्मार्टफोन ल्याउँदैछ । आगामी मार्च २९ मा सामसुंगले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?