Breaking News

अब एटीएमबाट दैनिक एक लाख नै निकाल्न मिल्ने

Feb Tue 2020 05:40:42

1173 views

अब एटीएमबाट दैनिक एक लाख नै निकाल्न मिल्ने

एटीएम मेसिनबाट दैनिक एक लाख रुपैयाँ निकाल्न मिल्ने भएको छ । गत भदौमा चिनियाँ नागरिकले नक्कली एटीएम कार्डबाट रकम चोरीको घटना पछि राष्ट्र बैंकले सीमा घटाएको थियो । अहिले फेरी पुरानै अवस्थामा लागिएको हो । राष्ट्र बैंकले बिहीबार जारी गरेको एकीकृत निर्देशनमा उक्त व्यवस्था छ । हालको व्यवस्था अनुसार अब एटीएम (डेविट कार्ड) कारोबारमा नागरिकले न्यूनतम् ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढिमा एक लाख रुपैयाँ निकाल्न पाउँछन् ।

वालेट लगायत गैर–बैकिङ कारोबार प्रणालीमार्फत् रकम ट्रान्सफरको सीमा पनि राष्ट्र बैंकले बढाएको छ । नयाँ व्यवस्था अनुसार अब एजेन्ट र सब एजेन्टले प्रतिदिन २५ हजार र प्रतिमहिना एक लाख रुपैयाँसम्म ट्रासन्फर गर्न सक्नेछन् । यसअघि एजेन्ट र सव एजेन्टमार्फत भुक्तानी गर्दा एक पटकमा अधिकम ५ हजार, प्रतिदिन १५ हजार र मासिक २५ हजार रुपैयाँसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था थियो ।

यस्तै, राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कम्पनीको भुक्तानी सीमा पनि बढाएर अधिकतम १ लाख रुपैयाँ पुर्‍याएको छ । उक्त सीमाभन्दा बढी रकम रेमिट्यान्स कम्पनीले पनि बैंक खाता/चेक मार्फत् भुक्तानी गर्नुपर्ने छ । यसअघि नेपालभित्रै रेमिट्यान्समार्फत पैसा पठाउँदा बढीमा ६० हजार मात्र पठाउन पाउने व्यवस्था थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?