Breaking News

यसकारण फेसबुकमा गरिने ‘लाइक’ को तुक छैन

Feb Tue 2020 05:40:26

362 views

यसकारण फेसबुकमा  गरिने ‘लाइक’ को तुक छैन

फेसबुके पोष्टहरुमा आउने लाइकले प्रयोगकर्तालाई आफ्नो बारेमा राम्रो अनुभुति गर्न वा मूडमा सुधार गर्न कुनै सहयोग नगर्ने एक अध्ययनले ठहर गरेको छ ।  ब्रिटिस साइकोलोजीकल सोसाइटीको वाषिर्क सम्मेलनमा पेश भएको एक अध्ययन रिपोर्ट अनुसार मानिस खराब मूडमा रहेको अवस्थामा उसको मूडमा सुधार गर्न वा सकारात्मक अनुभुति प्रदान गर्नका लागि सोसल मिडियामा आउने लाइकले तात्विक भूमिका निर्वाह गर्दैन ।

शोधकर्ताहरुका अनुसार फेसबुकमा बढि भन्दा बढि लाइक पाउनका लागि हारगुहार लगायतका अनेक उपाय गर्ने मानिसहरुको आत्मसम्मान कमजोर हुने गरेको पाइएको छ ।

साथै कम लाइक वा कमेन्ट आएको आधारमा फेसबुकमा अपलोड गरिसकेका फोटोहरु डिलिट गर्ने तथा बढि लाइक पाएका फोटोलाई प्रोफाइल पिक्चर बनाउने सोसल मिडिया प्रयोगकर्ताहरुमा पनि आत्मसम्मानको कमी रहने गरेको शोधकर्ताको भनाई छ ।

शोधकर्ताहरुले फेसबुक र टि्वटरमा आबद्ध ३ सय ४० जना मानिसहरुलाई विभिन्न प्रश्नावली भर्न लगाएर अध्ययन गरेका थिए । साथै सोसल मिडियामा भाउ दिनुलाई उनीहरुले कसरी लिन्छन् भन्ने बुझ्नका लागि विभिन्न २५ वटा भनाईहरुका बारेमा सहभागीहरुको राय बुझिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?