Breaking News

सामसुङ ग्यालेक्सी एस् ९ को फिचर्स यस्तो

Feb Tue 2020 05:40:30

338 views

सामसुङ ग्यालेक्सी एस् ९ को फिचर्स यस्तो

ग्यालेक्सी एस नाइन सँगै ठूलो स्त्रिmनवाला एस नाइन प्लस पनि सामसुङले एकैसाथ ल्याउने भएको  छ । यी दुबै स्मार्टफोनहरु कोड नेम स्टार र स्टान टू को नामबाट निर्माण भैरहेका बताइएको छ । सामसुङका आगामी यी स्मार्टफोनको डिस्प्ले प्रविधि विद्यमान ग्यालेक्सी स्मार्टफोनमा जस्तै रहनेछ । यसको अर्थ ग्यालेक्सी एस नाइनमा पनि फ्लेक्सिबल अर्थात् फोल्डेबल स्त्रिmन हुनेछैन । तर ग्यालेक्सी एस नाइनमा नेक्स्ट जेनेरेसन एमोलेड स्त्रिmन हुनेछ, जसमा इन्पिmनिटी डिस्प्ले टेक्नोलोजीको प्रयोग गरिएको हुनेछ ।

रिपोर्ट अनुसार कम्पनीले ग्यालेक्सी एस नाइन र एस नाइन प्लसका चिपसेट निर्माता क्वालकोमसँग मिलेर नयाँ पुस्ताको प्रोसेसरको विकास गरिरहेको खबर सार्वजनिक भएको थियो । उक्त नयाँ प्रोसेसर ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा प्रयोग गरिने पनि बताइएको छ । उक्त प्रोसेसरलाई स्नापड्रागन ८४५ भनिएको छ । विद्यमान ग्यालेक्सी एट स्मार्टफोनमा स्नापड्रागन ८३५ प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीले छिटै नै सातौँ पुस्ताको ओएलइडी डिस्प्ले उत्पादन गर्न सुरु गर्नेछ जुन ग्यालेक्सी एस नाइनमा प्रयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?