Breaking News

Successfully Held 1 Day Impact of Leadership on Business Development Workshop

Feb Wed 2020 02:40:18

368 views

Successfully Held 1 Day Impact of Leadership on Business Development Workshop

समाज निर्माण र देश विकासका लागि युवाको नेतृत्व आजको आवश्यकता

विकासका लागि लिडरसीपको असर विषयक एक दिने वर्कशपमा शिक्षा, युवा र लिडरशीपताको बारेमा बोल्दै कार्यक्रमका वक्ताहरुले दक्ष र सक्षम युवा नेतृत्वको खाँचो देशमा रहेकोमा जोड दिनुभयो ।

लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउदै दिन बित्छ, पढ्न र लेख्नलाई मुश्किल छ, बोलको गीतले शिक्षाको महत्वलाई कति सरल तवरले व्याख्या गरेको छ । जुन गीत हरेक वालवालिकाको जिब्रोमा कण्ठस्थ बनेको छ । आजका केटाकेटी भोलिका कर्णाधार र देश निर्माणका योद्धा हुन् भन्ने कुरा बुझेर पनि दक्ष र कर्णधार युवालाई नेतृत्वमा ल्याउन नसक्नु राज्य या राजनीति को दोषी हो भन्ने कुराको निक्र्याैल हुन जरुरी छ ।

  • भरतराज

साउथ वेष्टन पूर्व बिद्यार्थी संस्था नेपालले आयोजनामा गरेको एक दिने वर्कशप उद्घाटन सत्रमा बोल्दै कलेजका संस्थापक राजेन्द्र केसीले आयोजित कार्यक्रम मैत्रीपूर्ण भेटघाट र बिचार शेयरिङको उपयुक्त प्लेटफर्म भएकोमा खुशी व्यक्त गर्नुभयो । युवाले आफूलाई ज्ञान र सीपमा दक्ष बनाउन गहन अध्ययन गर्नुपर्नेमा जोड दिदै समाज विकास र देश निर्माणका लागि दक्ष युवा नेतृत्व अगाडी आउनुपर्नेमा अब पनि ढिलाई भए नयाँ नेपालको परिकल्पनाले सार्थकता नपाउने बताउनुभयो । आजका युवाहरु कुनै पनि कुरामा कम नभएको तर नेतृत्वमा अगुवा गर्न नसक्दा विकासका सबै अवधारणहरु सफल हुन नसकेको प्रति औल्याउदै नेपाल बिजनेश फोरमका संयोजक गोपाल प्रसाद तिवारीले युवाहरुमा पार्लियामेन्ट हाउससम्म पुग्ने नेतृत्वको साहस हुनुपर्नेमा जोड दिनुभयो । उक्त वर्कशपको चियर पर्सन (सभापति) साउथ वेस्टन पूर्व बिद्यार्थी संस्था नेपालका नवीन चापागाई थिए भने स्पीकरहरु  भानु शर्मा, टीकाराम चापागाई, लक्ष्मी श्रेष्ठ थिए । 

६० भन्दा बढी साउथ वेष्टन पूर्व बिद्यार्थीहरुको सहभागीतामा भएको व्यवसाय प्रवद्र्धनमा लिडरसीपताको कारण पर्ने असरका बारेमा एपेक्स कलेजका प्रिन्सिपल जीवन विकास केन्द्र, बैकर्स टीकाराम चापागार्ई, तथा कुमारी बैकका चिफ मार्केटिग अफिसर, लक्ष्मी शर्मा महिला अभिन्यता एवं लक्ष्मी उड क्याफ्ट उद्योगका एमडी ले सहजीकरण गर्नुभएको थियो ।

वर्कसपका केही फोटो झलकहरु: inu

leareshipअतिथिहरु नागरिक पोष्ट डट कम सोसल साइटका निर्देशक भरतराज उप्रेती, आइसिटी पत्रकार विकास मञ्चका मोहन खतिवडा lersh speakers stde

welworkshop

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?