हार्दिक श्रद्धान्जली ! आइसिटी क्षेत्रका हस्ती सिएन उपाध्यायप्रति
Feb Wed 2020 02:40:25
891 views
नेपालको सूचना सञ्चार प्रविधि क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्ति सिएन उपाध्यायको मिति २०७४ कार्तिक १४ गते मंगलबार असामयिक निधन भएको छ । मंगलबार बिहान एक कार्यक्रम सकेर फर्कदै गर्दा बाटोमा लडेका उपाध्यायको टाउकोमा गम्भीर चोट लागेपछि भक्तपुरको इवामुरा मेमोरियल अस्पताल लगिएको थियो ।अस्पतालले ११ बजे उपाध्यायलाई मृत घोषित गरेको आइसिटी एसोसियसनका अध्यक्ष भेषराज पौडेलल बताए ।
उपाध्याय आइटी बाबाको रूपमा परिचित थिए । उनी २५ वर्षदेखि नेपालको सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा अनवरत क्रियाशील थिए । उपाध्यायको ५७ वर्षको उमेरमा नै निधन भएको छ ।
कम्प्युटर एशोसिएसन अफ नेपालका संस्थापक सदस्य आदरणीय सि.एन. उपाध्यायको असामयिक, अकल्पनीय निधनको खवरले स्तव्ध बनाएको छ । स्वर्गारोहण आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ।
-ICTKhabar.com Family