Breaking News

चिनियाँ पेट्रोल पनि महंगो लिटरको १७० भन्दा बढी पर्ने

Feb Wed 2020 02:40:47

545 views

चिनियाँ पेट्रोल पनि महंगो  लिटरको १७० भन्दा बढी पर्ने

काठमाडौं । सरकारले चीनबाट अनुदानमा पाएको पेट्रोलको मूल्य एक लिटरको एक सय ३० रुपैयाँ परेको छ।यो पनि केरुङसम्मको मूल्य हो। यो मूल्य नेपाल आयल निगमले हाल भारतीय आयल कर्पोरेसन (आईओसी) सँग खरिद गरिरहेको मूल्यभन्दा निकै बढी हो।china

निगमले आईओसीसँग पेट्रोल लिटरको ४४ रुपैयाँ ९४ पैसामा खरिद गरिरहेको छ। भारतबाट खरिद गर्ने गरिएको युरो ३ मापदण्डको तुलनामा चीनबाट ल्याइएको युरो ४ मापदण्डको पेट्रोल गुणस्तरीय रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

चीन सरकारले पेट्रो चाइनामार्फत १३ लाख ५० हजार लिटर पेट्रोल दिएको थियो। उक्त पेट्रोलबापत ११ मिलियन आरएमबी (करिब १८ करोड रुपैयाँ) नेपालका लागि घोषित अनुदानबाट कट्टा गरिएको सूचना चिनियाँ दूतावासले सरकारलाई दिएको छ।

अर्थ सम्बद्ध स्रोतका अनुसार गत डिसेम्बरमा सम्झौता भएको आठ सय मिलियन आरएमबी अनुदानबाट उक्त रकम कट्टा गरिएको हो।अर्थका सचिव सुमनप्रसाद शर्माले चीन भ्रमणका क्रममा उक्त अनुदान सम्झौता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?