अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधि क्षेत्रमा रचनात्मक र गुणात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो । आइसिटी इनोभेटिभ कामलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बाँस्कोटाले सबै सरकारी तथा नीजि संस्थाहरुलार्र्इ सूचना प्रविधि मार्फत अगाडी बढ्न आब्ह्वान समेत गरे ।
अन्तरक्रियामा प्रो.डा. ज्योति तण्डुकारले आइसिटी इनोभेसनमा काम गर्न सकिने वातावरण बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीका सल्लाहकार अश्कर अलीले समृद्ध नेपालका लागि एकीकृत डाटा प्रणाली अगाडी बढिसकेकको बताउनुभयो । त्यस्तै डियवाल्कका रुद्र पाण्डेले सफ्टवेयर, शिक्षा र पर्यटनको माध्यमबाट समृद्ध देश बनाउन सकिने तर्क प्रस्तुत गर्नुभएको थियो ।
आइसिटी डे २०१८ को अन्तरक्रिया कार्यक्रम सकिएसँगै सूचना प्रविधि क्षेत्रका ३ जना हस्तीहरुलाई सम्मानित गरियो ।
सम्मानित हुनेमा शुरेश पुडासैनी, दिनेश कुमार शर्मा र विश्वास ढकाल रहेका छन् । सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत उहाँहरुलाई नेपाल सरकारले सम्मान गरेको हो ।
यस वर्षको आइसिटी डे २०१८ को अन्तरक्रिया तथा सम्मान कार्उक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्दमान गुरुङको अध्यक्षतामा सञ्चालन भएको थियो ।
सचिव गुरुङले सरकारले नयाँ सूचना प्रविधि ऐन ल्याउने अन्तिम तयारी गरिरहेको बताए । साथै नयाँ ऐनमा सूचना प्रविधिलार्इ पहिलो प्राथमिकतामा राखिएको उहाँले जानकारी गराए ।