Breaking News

YouTube बाट पैसा कमाउँन त्यति सजिलो छैन

Feb Tue 2020 05:40:55

680 views

YouTube बाट  पैसा कमाउँन त्यति सजिलो छैन
गुगलले चलाएको युट्युबमा हरेक खाले भिडियो अपलोड भएको पाइन्छ । यसरी भिडियो अपलोड गर्नेमा नेपाली पनि कम छैनन् । युट्युबमा नेपालीले पनि ‘कभर सङ’, ‘सर्ट फिल्म’, फिल्म मात्र होइन, निजी भिडियोसमेत अपलोड गरिरहेका छन् ।युट्युबले अपलोड गरिएका भिडियोमा विज्ञापन देखाएबापत अपलोड गर्नेलाई पैसा दिने भएकाले यसप्रति अझ आकर्षण बढेको छ । सन् २००७ डिसेम्बरमा ‘युट्युब पार्टनर प्रोग्राम’ गर्दै गुगलले प्रयोगकर्तालाई पनि पैसा दिन थालेको थियो । त्यसपछि युट्युबमा भिडियो अपलोड गर्ने र पैसा कमाउनका लागि ‘मोनिटाइजेसन’ गर्ने क्रम बढेको छ । युट्युबबाट पैसा कमाउन सजिलो भने छैन । अझ नेपालबाट अपलोड गरिएका भिडियोले तुलनात्मक रूपमा कम ‘रेभेन्यु’ पाउँछन् । गुगलको कडा विज्ञापन र प्रतिलिपि अधिकार नीतिका कारण पनि युट्युबमा आम्दानी कायम गरिराख्न चुनौती छ । हालै मात्र युट्युबले ल्याएको नयाँ थ्रेसहोल्ड नीतिले पनि नयाँ युट्युबरलाई पैसा कमाइहाल्न चुनौती थपेको छ । नयाँ नीतिले युट्युब च्यानल ‘मोनिटाइजेसन’का लागि पछिल्लो एक वर्षमा युट्युब च्यानलको भिडियो चार हजार घन्टा हेरिएको हुनुपर्ने र कम्तीमा एक हजार सब्स्क्राइबर हुनुपर्ने बाध्यता थपेको छ । आफ्नो प्रतिभा उजागर गर्न, पैसा कमाउन र सोख पूरा गर्नका लागि हालसम्म संसारभरबाट करौडौँले इन्सुलेझैँ भिडियो अपलोड गरिसकेका छन् । उनीहरूले अपलोड गरेका भिडियोको संख्या करिब पाँच अर्ब पुगिसकेको छ ।कुनै बेला भिडियो हेर्न टेलिभिजन वा सिनेमा हल पुग्नुपथ्र्यो भने अहिले इन्टरनेट हुनेबित्तिकै इच्छा अनुसारका भिडियो हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?