Breaking News

एनआइबीको एफपीओ, कसले कति पाए ?

Feb Tue 2020 05:40:14

220 views

एनआइबीको एफपीओ, कसले कति पाए ?
नेपाल इन्भेस्टमेन्टको एफपीओ  बाँडफाँट गरिएको छ ।  यो एफपीओमा साना लगानीकर्ताले ३२.४७ प्रतिशत र ठूलाले ८.५१ प्रतिशत सेयर पाएका छन् ।
१० र २० कित्ताका लागि आवेदन दिनेलाई चिठ्ठा प्रणालीबाट सेयर बाँडिएको छ भन्ने अन्य कित्तामा आवेदन दिने सबैले सेयर पाएका छन् ।
इन्भेस्टमेन्टको एफपीओमा दुई लाख १८ हजार चार सय ६२ जनाले आवेदन दिएकामा दुई लाख १० हजार सात सय ५६ जनाले सेयर पाएको बिक्री प्रबन्धक नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले जानकारी दिए ।
निष्कासन बन्द भएको ४६ औं दिनमा सेयर बाँडफाँट गरिएको हो । प्रतिकित्ता ६ सय एक रूपैयाँमा निष्कासन गरिएको यस सेयरको संख्या ९० लाख ६९ हजार ३ सय ८८ कित्ता थियो ।
कसलाई कति प–यो थाहा पाउन नागरिक लगानी कोषको वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट एनएलके डट ओआरजी डट एनपी तथा इन्भेस्टमेन्ट बैंकको वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट एनआइबीएल डट कम डट एनपीमा हेर्न सकिनेछ ।
एफपीओ निष्कासनबाट बैंकले कुल पाँच अर्ब ४५ करोड सात लाख दुई हजार एक सय ८८ रुपैयाँ संकलन गरेको छ । एक सय रूपैयाँको फेस भ्यालूबाहेक प्रिमियमा निष्कासन गरिएको पाँच सय एक रूपैयाँ बैंकको जगेडा कोषमा जानेछ ।
यो रकमबाट बैंकले बोनस सेयरमात्र वितरण गर्न पाउनेछ । एफपीओको पैसा थपिएपछि जगेडा कोष आठ अर्बभन्दा माथि पुग्ने छ ।
कसलाई कति कित्ता ?
आवेदन दिएको कित्ता (साना लगानीकर्ता)        सेयर पाएको कित्ता 
१० देखि ३० कित्तासम्म                                             १० कित्ता
४०                                                                          १३
५०                                                                          १६
६०                                                                          १९
७०                                                                          २३
८०                                                                          २६
ठूला लगानीकर्ता      
आवेदन दिएको कित्ता                    परेको सेयर कित्ता
९० देखि १८०                               १० कित्ता
एक सय ९० कित्तादेखि माथि प्रत्येक इन्टरभलमा एक कित्ताका दरले बढी सेयर परेको छ । जस्तो, एक सय ९० कित्ता आवेदन दिनेलाई १६ कित्ता सेयर परेको छ भने दुई सय कित्ता आवेदन दिनेलाई १७ कित्ता, दुई सय १० कित्ता आवेदन दिनेले १८ कित्ता पाएको छ ।
यही मोडेलमा प्रत्येक इन्टरभलमा एक कित्ता बढीका दरले सेयर परेको छ । माथिल्लो रेन्जमा गएपछि यो इन्टरभल अनुसारको सेयर संख्यामा सामान्य तलमाथि भएको छ ।
सबै आवेदकलाई प्रत्येक इन्टटरभलमा एक कित्ताका दरले बढी सेयर छैन । न्यूनतम १० कित्तादेखि अधिकतम १७ हजार ३२ कित्तासम्म सेयर पाएका छन् ।
सबैभन्दा कम १० कित्ताका लागि आवेदन दिनेले १० कित्ता र सबैभन्दा धेरै दुई लाख कित्ता आवेदन दिनेले १७ हजार ३२ कित्ता सेयर पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?