Breaking News

एसएसपी खरेलले भने– ३ करोड नेपाली जनतालाई कहिल्यै गद्धारी गर्दिन भिडियोसहित

Feb Wed 2020 02:40:52

419 views

एसएसपी खरेलले भने– ३ करोड नेपाली जनतालाई कहिल्यै गद्धारी गर्दिन भिडियोसहित

चितवन,  जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका समादेशक एसएसपी रमेश खरेललाई आज एक समारोहबीच बिदाई गरिएको छ ।

जिल्लामा रहेका विभिन्न संघसंस्थाहरुले आज एकै स्थानमा एसएसपी खरेललाई विदाई गरेका हुन् । शिक्षालयमा सामुदायिक सेवा केन्द्र नारायणगढ र बालबालिकाका लागि प्रहरी नागरिक अभियान (पिटुसिटु) अभियानले आयोजना गरेको कार्यक्रममा एसएसपी खरेललाई विदाई गरिएको हो ।

कार्यक्रममा चितवन उद्योग संघ, गामवेशीको चेपाङ संरक्षण केन्द्र, जिल्ला व्याडमिन्टन संघ, पूर्व प्रहरी संगठन, फेन्सी व्यवसायी संघ नारायणगढ, नारायणगढ लेडी जेसीज, जिल्ला प्रहरी कार्यालय चितवन र जुनियर प्रहरी अधिकृत शिक्षालयलगायतका संस्थाहरुले मायाको चिनो प्रदान गर्दै एसएसपी खरेललाई विदाई गरेका हुन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले एसएपसी खरेलले चितवनमा सामाजिक क्षेत्र र शान्ति सुरक्षामा खेलेको भुमिकाका प्रशंसा गर्दै अझै उचाईमा पुग्न शुभकामना व्यक्त गरेका थिए ।

[embedyt] http://www.youtube.com/watch?v=6kqTTYzNQq8[/embedyt]

विदाई कार्यक्रममा बोल्दै एसएसपी खरेललाई आफूले समाजका लागि सक्दो राम्रो काम गर्ने भन्दै ३ करोड नेपाली जनतालाई कहिल्यै पनि आफूलाई गद्धारी भन्ने शब्द उच्चारण गर्ने अवस्था ल्याउन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफू जहाँ गए पनि चितवनको हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सामुदायिक सेवा केन्द्र नारायणगढकी प्रमुख मीना खरेलको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति समाज चितवनका अध्यक्ष बद्री तिमिल्सिना, उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष कल्याण जोशी, कालिका एफएमकी स्टेशन म्यानेजर रिना गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?