Breaking News

सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोगमा सवैको पहूँच आवश्यक

Feb Tue 2020 05:40:20

390 views

सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोगमा सवैको पहूँच आवश्यक

इन्टरनेटको इकोसिष्टमबारे आम सरोकारवालाहरुलाई सचेत बनाउँदै सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोग सवैको पहूँचमा हुनु पर्नेमा आइटीजीएफ (इन्टरनेट गभर्नान्स फोरम) नेपाल २०१७ ले निष्कर्ष निकालेको छ । नेपालमा इन्टरनेटको विकास, प्रयोगमा पहूँच र बहूउपयोगिताका लागि यसका सवै सरोकारवालाहरुको सहकार्यमा प्रतिबद्धता जनाउँदै इन्टरनेट गभर्नान्स फोरम नेपाल २०१७ सम्पन्न भएको हो । इन्टरनेटको नीति, कानून, प्रयोग, उपयोगिता, आगामी कार्यदिशा र विद्युतीय सुशासनका बहूपक्षीय सरोकारवालाहरुका बिच विभिन्न विधामा प्रस्तुतिकरण, समूहगत छलफल र निश्कर्षका साथ फोरम सम्पन्न भएको हो । इन्टरनेट सोसाइटी नेपालको आतिथ्यतामा भएको फोरममा इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिब्यक्ति स्वतन्त्रता, समावेशीकरण का साथै नेपालमा स्मार्ट सिटीको प्रवर्धन र सम्भावनाका विषयमा समूहगत छलफल र निचोड प्रस्तुत गरिएको थियो । नेपालमा पहिलो पटक आयोजना भएको इन्टरनेट गर्भनान्स फोरममा नेपाल सरकारको सूचना प्रविधि विभाग, नेपाल दुरसंचार प्राधिकरण, स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाहरु, इन्टरनेट स्वतन्त्रता, पहूँच र गुणस्तरका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु, इन्टरनेट सेवा प्रदायक संस्थाहरु, सूचना तथा सञ्चार प्रविधि ब्यवसायीहरु, विश्वविद्यालय तथा प्राज्ञिक निकाय लगायत झण्डै ५० जति साझेदार संस्थाहरुको सहभागिता रहेको थियो । २ दिन विभिन्न सत्रमा चलेको इन्टरनेट गभर्नान्स फोरममा २ सय जनाको सहभागिता रहेको थियो ।

closing-session

फोरमले इन्टरनेटको इकोसिष्टमबारे आम सरोकारवालाहरुलाई सचेत बनाउँदै सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोग सवैको पहूँचमा हुनु पर्ने शन्देश दिएको बहू सरोकार निकाय संयोजन समितिले जनाएको छ । हालै सम्पन्न स्थानीय चुनाबमा विभिन्न राजनीतिक दलहरुले उठाएका स्मार्ट सिटिको सान्तर्भिकता र सम्भावनाका विषयमा पनि विशेष छलफल भएको छ । छलफलमा सहभागि विज्ञहरुले नेपालले अन्य विदेशी मुलुकको नक्कल गर्नु भन्दा आफ्नै स्थानीय मौलिक सांस्कृतिक विशेषता हरुलाई प्रवर्धन गर्दै पुर्वाधार र शुसासनमा स्मार्ट तरिका अपनाउँदै नेपालीपनको स्मार्ट सिटी निर्माण गर्न सकिने सुझाब दिएका छन् । यसै गरि इन्टरनेटमा अभिब्यक्ति स्वतन्त्रता निर्वाध रुपमा प्रयोग गर्न पाउनु पर्ने विषयमा पनि फोरमले जोड दिएको छ । इन्टरनेट संग संबन्धीत बहूपक्षीय सरोकारवालाहरुले संयुक्त रुपमा गर्ने प्रचलन रहेको इन्टरनेट गभर्नान्स फोरम को पहिलो नेपाली संस्करणको स्वरुप रहेको इन्टरनटेन गभर्नान्स फोरम २०१७ नेपालको उद्घाटन महिला तथा समाजकल्याणमन्त्री आशा कोइरालाले गर्नुभएको थियो भने समापन सूचना प्रविधि विभागका प्रमुख विरेन्द्र मिश्रले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?