Breaking News

छुट्नुभयो की ! सुबिसु क्यान इन्फोटेक २०१८ मा अफरको बहार लिन

Feb Tue 2020 05:40:51

429 views

छुट्नुभयो की ! सुबिसु क्यान इन्फोटेक २०१८ मा अफरको बहार लिन
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा बिहीबारदेखि सञ्चालन भएको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’ मा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहारलगायत विभिन्न अफर र योजना सार्वजनिक गरेका छन् । क्यान इन्फोटेक अवधिभर ल्याइएको यस्ता अफरमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।
इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु. एक सय र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ । माघ १४ गते आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा घोषणा गरिएको छ । उक्त दिन बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सकनुहुनेछ । आयोजकले सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाइन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरेको छ । मेला माघ १६ सम्म सञ्चालन हुनेछ ।
विशेष गरी इन्टरनेट सेवा प्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप÷कम्प्युटर एवं कम्प्युटर एसेसोरिज, डिजिटल टिभी, सफ्टवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, आइटी कलेज र ट्रेनिङ इन्स्टिच्युटहरुको स्टलमा अवलोकनकर्ताको घुईंचो लागेको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा भएको यस ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’को शीर्ष प्रायोजक सुबिसु केबलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको कोम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुबिसुको कोम्बो अफरअन्तर्गत उपभोक्ताले दुई अहिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ एमबिपीएस अनलिमिटेड इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । साथै १५ एमबपीएसको इन्टरनेट बिहान एक बजे बाट साँझ पाँच बजे सम्म जम्मा सोर्ह घण्टा अनलिमिटेड उपभोग गर्न सक्नेछन् । साथमा क्लियर टिभीअन्तर्गत २ सयभन्दा धेरै डिजिटल च्यानल रहनेछन्, जहाँ ५० एचडी च्यानेल पनि रहेको छ । यो अफरको मूल्य मात्र ५ हजार ९ सय ९९ रुपियाँ रहेको छ । इन्फोटेकको सहशीर्ष प्रायोजक कम्पनी मोटोरोलाले आफ्नो मिड रेन्ज स्मार्टफोन ई ४ प्लसको विशेष प्रदर्शनी गरिरहेको छ । ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस फोन गेमिङ्ग रुचाउने प्रयोगकर्ताका लागि उपयोगी छ । यस फोनमा छुटसहित विभिन्न उपहारहरु खरिदकर्ताले पाएका छन् । प्लाटिनम स्पोन्सर वल्र्डलिंकले आइपी टिभी र ब्रोडब्यान्ड इन्टरनेटलाई लक्षित गरी कोम्बो अफर सार्वजनिक गरेको छ । मेलामा टिपी लिंकले १० हजार स्क्वायर फिटसम्म वायरलेस रेन्ज रहेको टीएल–डब्लुटीए ८५० आरई मोडलको राउटरलाई आकर्षक छुटसहित प्रदर्शनी गरिरहेको छ । त्यसैगरी हुवावेले ल्याएको मेटबुक एक्स मोडलको हाइएन्ड ल्यापटपमा अवलोकतकर्ताको घुइचो लागेको छ । यसको मूल्य मूल्य १ लाख ५० हजार देखि ७० हजारको को हाराहारीमा रहेको कम्पनीले बताएको छ । त्यस्तै साओमी मोबाइलको पछिल्लो चर्चित मोडल रेडमी नोट ५ए प्राइममा क्यान अफरस्वरुप छुट र विभिन्न उपहारहरु राखिएको छ । यसैगरी मेलाकै अवसरमा टेक्नोसका नयाँ टिभीहरुमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । मेलाको अफिसियल बैंक सनराइज बैंकले मेलाअवधिभर बैंक खाता खोल्दा ४०० प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको छ । मेलाकै अवसर पारेर हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिरहेको छ । साथै हाइसेन्सका ६५ इन्चसम्मका टिभीहरुमा २० प्रतिशत छुटसहित नेपाली ग्राहकका प्रदर्शनी गरिएको छ । मेलामा मेरो टिभीले लाइकमा बाइक अफर ल्याएको छ, जसअन्तर्गत मेरो टिभी मोबाइल एप डाउनलोड गरेका प्रयोगकर्तामध्ये एकले होन्डा बाइक जित्न सक्नेछन् । एन्टिभाइरसअन्तर्गत ई सेट एन्टिभाइरसमा प्रयोगकर्ताले २० देखि ५० प्रतिशत सम्मको छुट तथा मास्क,कप र १६ जीवि सम्मको युएसबि ड्राइभ समेत प्राप्त गर्न सक्नेछन् । त्यस्तै कास्परस्काई एन्टिभाइरसको खरिदमा ३० देखि ४० प्रतिशतसम्मको छुटका साथमा एक हजार रुपियाँ पर्ने ल्यापटप ब्याग निःशुल्क दिइएको छ । त्यस्तै ई स्क्यान एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीको खरिदमा ६ सय देखि १५ सय रुपियाँसम्म छुट एवं ६ महिनाको मोबाइल सेक्युरिटी निःशुल्क दिइएको छ । त्यस्तै डिटिसी मोबाइल खरिदमा २५ सय एमएएचको पावरबैंक निःशुल्क दिइएको छ । मोबाइल वालेट खल्तीले आफ्नो पहिलो वार्षिकोत्सवमा अवसरमा ‘रिफर एन्ड अर्न’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ भने भिसा कार्डबाट पनि खल्तीमा पैसा लोड गर्न मिल्ने सुविधा ल्याएको छ । त्यस्तै मेलामा फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी लगायत सामग्री विशेष अफरसहित उपलब्ध छन् । यस्तै दृस्टिविहीनका लागि उपयोगी सफ्टवेयर, रोबोटिक्स एशोसिएसनले बनाएको थ्रिडी प्रिन्टिङ, जिपिएस ट्रयाकिङ सिस्टमका साथमा विश्वविद्यालय र आइटी कलेजका विद्यार्थीले बनाएका प्रोजेक्टहरुमा अवलोकनकर्ताको चासो बढेको छ । इन्फोटेकको पहिलो दिन बिहिबार ३२ हजार एक सय ८१ जनाले अवलोकन गरेकोमा दोश्रो दिन आज ४२ हजार ८ सय २६ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स पेमेन्ट सोलुसन्स् लगायत गरी २ सय २२ स्टल रहेका छन् । साथै यस संस्करणको इन्फोटेकमा सफ्टवेयर कम्पनी, स्टार्टअप र सूचना प्रविधिका विद्यार्थीको प्रोजेक्टहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले छुट्टै सफ्टवेयर प्याभिलियन निर्माण गरिएको छ । सफ्टवेयर प्याभिलियनका लागि ४४ स्टल रहेका छन् । वटा स्टल बिशेष सहुलियतमा उपलब्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?