Breaking News

२ दिने महिला उद्यमशीलता तालिम आयोजना

Feb Tue 2020 05:40:29

268 views

२ दिने महिला उद्यमशीलता तालिम आयोजना

सृजनशील प्रबद्र्धन केन्द्र नेपालले २ दिने उद्यमशीलता तालिम नगरकोट काभ्रेको होटल रोज भिल्लामा गरेको छ । जिल्ला विकास समितिको कार्यालय काठमाडौंको सहयोगमा सञ्चालित उक्त कार्यक्रम काठमाडौं जिल्लाभित्रका २० जना आदिवासी जनजाति महिलाहरुको सहभागीता रह्यो । महिलाहरुलाई साना तथा घरेलु व्यवसाय कसरी सञ्चालन गर्ने, कसरी आत्मनिर्भर बन्ने र बजार व्यवस्थापन कसरी गर्ने भन्ने बारेको महत्वपूर्ण ज्ञान प्रशिक्षक शशी थापाले दिनुभएको थियो । कार्यक्रममा जिल्ला विकास समिति काठमाडौं वरिष्ठ सामाजिक कार्यक्रम अधिकृत दीपक कुमार केसीको उपस्थिती रहेको थियो । सामाजिक काममा अग्रसर रहदै आएका काठमाडौ जिल्लाका ७ नगरपालिका भित्रका आदिवासी जनजाती महिलाहरुको सहभागीता रहेको उक्त उद्यमशीलता तालिम आफूहरुका लागि महत्वपूर्ण अवसर भएको सहभागीहरुले बताए ।

२ दिने महिला उद्यमशीलता तालिमका पहिलो दिनका केही फोटो झलकहरु4 5 6 8 aa CPC npl

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?