कहिलेकाहीँ मोबाइल फोनलाई साइलेन्ट मोडमा राखेर कतै छाडिन्छ र जति खोज्दा पनि फेला पर्दैन । फोन गर्दा समेत घण्टी नबज्ने भएकाले फोन पत्ता लगाउन गाह्रो हुन्छ तर अब क्लाप टू फाइन्ड एपः यो एपको मद्धतले तपाइँले आफ्नो स्मार्टफोनलाई ताली बजाएर खोज्न सक्नुहुन्छसकिने भएको छ । यो एपले अफलाइन समेत काम गर्छ । यसलाई सजिलैसँग गुगल प्लेस्टोरबाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।
व्हिसल फोन फाइन्डर प्रो एपः यदि यो एप डाउनलोड गर्नुभयो भने तपाइँले सिठी बजाएर आफ्नो साइलेन्ट फोन खोज्न सक्नुहुन्छ । यो पनि गुगल प्ले स्टोरमा निशुल्क डाउनलोड गर्न सकिन्छ ।
रिंग माइ ड्रोइडः यदि तपाइँले आफ्नो फोन साइलेन्समा राखेर भुल्ने बानी छ भने यो एप डाउनलोड गरिहाल्नुस् । तपाइँले आफ्नो कतै राखेको फोनमा मेसेज गरेसँगै तपाइाको फोन बज्दछ, र तपाइँले कतै राखेको फोन पत्ता लगाउन सक्नुहुन्छ ।