Breaking News

फोटो खिच्दा साइवर कानून लाग्ने, जरिवाना एक करोड ६० लाख

Feb Tue 2020 05:40:49

914 views

फोटो खिच्दा  साइवर कानून लाग्ने, जरिवाना एक करोड ६० लाख
सावधान ! तपाईंलाई एक लाख ५० हजार (४७ लाख रुपैयाँ)देखि पाँच लाख दिर्हाम (झण्डै एक करोड ६० लाख रुपैयाँ)सम्म जरिवाना हुन्छ । त्यति मात्रै होइन, ६ महिनासम्म झ्यालखानामा बस्नु पर्ने पनि हुन सक्छ । यस्ता फोटो र भिडियो फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोष्ट नगर्न आबुधाबी पुलिसले सचेत गराएको छ । हेर्दै डरलाग्दा देखिने त्यस्ता सामग्री राख्नेलाई युएईको साइबर क्राइम ल अनुसार जरिवाना गरिनेछ । साथै सामाजिक सञ्जालमार्फत व्यक्तिगत गोपनियता हनन गर्नेलाई पनि यही नियम अनुसार कारबाही गरिने गल्फ न्युजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?