Breaking News

होसियार ! फेसबुक म्यासेन्जरबाट यस्तो भाइरस फैलिदैछ,भाइरसबाट बच्न यसो गर्नुहोस..

Feb Wed 2020 02:40:45

720 views

होसियार ! फेसबुक म्यासेन्जरबाट यस्तो भाइरस फैलिदैछ,भाइरसबाट बच्न यसो गर्नुहोस..
फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाइरहेका छन् । फेसबुक म्यासेन्जर मार्फत द्रुत गतिमा फैलिरहेको यो भाइरसले मोबाइल तथा कम्प्युटरमाथि आक्रमण गर्नुका साथै डिभाइसको सिस्टम निष्क्रिय बनाउने गर्दछन् । त्यति मात्र होइन यो भाइरसले डिभाइसमा रहेको डाटासमेत डिलिट गर्ने गरेको भेटिएको जनाइएको छ । Image result for facebook messenger virus spam च्याट गर्दागर्दै पपअप विन्डोमा साथीको नाममा भिडियो वा लिङ्क आउने र सोमा क्लिक गर्ने बित्तिकै भाइरसले मोबाइल तथा कम्प्युटर डिभाइसमा रहेको एन्टी भाइरसलाई निष्क्रिय बनाउनेगर्दछ यसबाट केटाकेटीका लागि च्याटमा आउने लिङ्कमा रहेको सामग्री शङ्कास्पद लागेमा वा कहिल्यै नसुनेको नाम देखिएमा क्लिक नगर्नेगरेमा यस्ता हानिकारक भाइरसबाट बच्न सकिने प्रविधिविज्ञ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?