Breaking News

भारतीय जनरल मेहताले भने नेपाल भारत दुबैले चाहेर नाकाबन्दी गरेका हुन्

Feb Wed 2020 02:40:35

860 views

भारतीय  जनरल मेहताले भने नेपाल भारत दुबैले चाहेर नाकाबन्दी गरेका हुन्

संयुक्त राष्ट्र संघको शान्ति सेना अन्तर्गत रहने गरि छुट्टै सार्क सेना निर्माणमा लबिंग गर्दै आएका भारतीय पुर्व मेजर जनरल अशोक मेहताले जारि नाकाबन्दीका लागि नेपाल र भारत दुवै बराबर जिम्मेवार रहेको बताएका छन। मेहताले आज बुधबार भएको कार्यक्रममा भनेका थिए, १९५० सन्धि देखि आज सम्म नेपालमा भएको हरेक परिवर्तनमा साथ् दिदै आएको भारतलाइ संबिधान निर्माण प्रक्रियामा बाहेर राखेको कारण नेपाल र भारतको सम्बन्ध बिग्रिएको हो। उनले ‘ मधेसका बारेमा नेपालका नेताले भारतसंग गरेको सहमति तोडिएको काराण अहिलेको अवस्था आएको हो।’ ‘संबिधान जारि गर्नु अगाडी मधेस बारेमा संबिधानमा जुन कुरा समेट्नु पर्ने थियो त्यहि बिषय नसमेटिएका कारण समस्या भएको हो’ मेहताले भनेका छन। नेपालले भावनाले नभई व्यवहारिक भएर सोच्नु पर्ने बताएका मेहताले भारतले भारतको सुरछा चासो र राष्ट्रिय नीतिमा कुनै परिवर्तन नआएको बताएका छन। १० दिन पछि हुने कार्यक्रमका लागि कार्यपत्र प्रस्तुत गर्न सोमबार नेपाल आएका मेहताले विभिन्न दलहरुका नेता र उच्च अधिकारीहरुसंगको भेटघाटलाइ तिब्र बनाएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?