Breaking News

ठमेलको गाःहिटी ढुङ्गेधारा पुनर्निर्माण सुरु

Feb Tue 2020 05:40:25

412 views

ठमेलको गाःहिटी ढुङ्गेधारा पुनर्निर्माण सुरु

काठमाडौं । पर्यटकीय स्थल ठमेलमा रहेको ऐतिहासिक गाःहिटी (ढुङ्गे धारा)को पुनर्निर्माणको कार्य  सुरु गरिएको छ । वडा नागरिक मञ्च अन्तर्गत रहेको गाःहिटी पुनर्निर्माण समितिले एक कार्यक्रमको आयोजना गरि पुनर्निर्माण अभियान सुरु गरेको हो । पुनर्निर्माण अभियानको सुभारम्भ काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले गरे । गत बैशाख १२ गतेको विनासकारी भूकम्पबाट क्षति भएको धारा बर्ष दिन वित्न लाग्दा समेत पुनर्निर्माण हुन नसकेपछि गाःहिटी पुनर्निर्माण समितिले आफ्नै पहलमा कामको थालनी गरेको हो । धारा अस्कल क्याम्पसको ठीक पछाडि रहेको छ ।

वडा नागरिक मञ्च २९ को मातहतमा रहने गरि ढुङ्गेधारा पुनर्निर्माणार्थ गाःहिटी ढुङ्गेधारा पुनर्निर्माण समिति गठन भइ काम सुरु भएको समतिका संयोजक भविश्वर शर्माले जानकारी गराए । धारा निर्माणका लागि महानगरपालिकाले ८० प्रतिशत सहयोग गर्ने र २० प्रतिशत रकम स्थानीय स्तरबाट संकलन गरिने संयोजक शर्माको भनाइ छ । पुनर्निर्माणको काम तीन महिनामा सक्ने गरि काम थालिएको समितिका कोषाध्यक्ष प्रकाश नरसिंह राणाले बताए । उनले पुनर्निर्माणका लागि करीब ४६ लाख खर्च लाग्ने र सो कार्यका लागि स्थानीय तथा व्यवसायीहरुबाट सहयोग संकलन थालिएको समेत बताए । ऐतिहासिक तथा पुरातात्विक धारा भएकोले त्यसलाई पुरानै ढाँचामा बनाउन लागिएको तथा अझै व्यवस्थित र आधुनिक निर्माण गर्ने लक्ष्य रहेका पनि कोषाध्यक्ष राणाको भनाइ छ ।IMG_4465 विनासकारी भुकम्पबाट सँगै रहेको बजेट होटल भत्किई सो ढुङ्गेधारा भित्र लडेको थियो । सो घटनामा परि धारामा कपडा धोइरहेको अवस्थामा एक महिला र होटल भित्र रहेका ८ जना गरि जम्मा नौ जनाको मृत्यु भएको थियो ।

सुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले भूकम्पले काठमाडौं र बाहिरका धेरै पुरातात्विक सम्पदाहरु नोक्सान भएको भन्दै यसैगरि महानगपालिका वा नगरपालिकाहरुको सहकार्यमा स्थानीयहरु जोग पनुर्निर्माणको काम छिटो हुने बताए । उनले हरेक काममा जनसहभागिता गराउन सके काम प्रभावकारी हुने र छिटो हुने बताए ।

परिषद्ले गर्‍यो पाँच लाख सहयोग

ठमले क्षेत्रकै विकास र प्रबद्र्धनमा काम गर्दै आएको ठमेल पर्यटन विकास परिषदले गाःहिटी पुनर्निर्माणका लागि पाँच लाख एक सय अठार रुपैयाँ सहयोग गरेको छ । परिषद्ले २९ वडा नागरिक मञ्चको नाममा सो रकम उपलब्ध गराएको हो । परिषद्का अध्यक्ष रामशरण थपलियाले पुनर्निर्माण र सरसफाई कार्यमा सहयोग पुगोस् भन्ने हेतुले सो रकम उपलब्ध गराइएको बताए । उनले ठमेल क्षेत्रको विकास र प्रबद्र्धनका लागि परिषद्ले विभिन्न कार्य गर्दै आएकोमा पछिल्लो समयमा यस्तो किसिमको महत्वपूर्ण कार्य गरेको बताए ।

धाराको ऐतिहासिक पक्ष गाःहिटी कहिले स्थापना भएको हो भन्ने तथ्य÷अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । तर गोही मुखाकृतिबाट पानी आउने ढुङ्गेधारा लिच्छवीकालीन शैली भएकोले यो धारा पनि लिच्छवीकालमा नै निर्माण भएको अनुमान गर्न सकिन्छ । यससँग सम्बन्धित अर्को तथ्य निनी द्यः अर्थात् फुपू देवता पनि हो । हाल भगवान बहालमा राखिएका दुई महिलाको मूर्ति गाःहिटी र भगवान बहालमा रहेको विक्रमशील महाविहारसँग सम्बन्धित भएको मानिन्छ । मूर्तिका दुई महिलामध्ये एकले तत्कालीन समयमा भुकम्पले भत्किएको विक्रमशील महाविहार पुनर्निर्माण गरेको र अर्कीले गाःहिटी निर्माण गर्न लगाएको विश्वाश छ ।

धाराको लुकेको पक्ष करीव २ रोपनी क्षेत्रफल ओगटेको गाःहिटीमा ४ वटा ढुङ्गेधारा छन् जसमा नियमित पानी आउँछ । यस धारामा आउने पानीको मुहान कहाँ हो, घना सहरभित्रको धाराामा कसरी पानी आइरहन्छ, खोजीकै विषय बनेको छ । अझ चाख लाग्दो विषय त के छ भने, गाःहिटी रहेको स्थान काठमाडौंका अग्ला स्थानमध्येमा पर्छ । यति भइकन पनि यस धारामा बाह्रै महिना पानी आइरहन्छ । यहाँको पानीको निकास भने गल्को पाखामा रहेको छ ।

यस अघिको जीर्णोद्धार गाहिटीलाई कुनकुन समयमा वा अहिलेसम्म कति पटक जीर्णोद्धार गरियो सबै तथ्य पाइएको छैन । पछिल्लो समय २०४० सालमा तत्कालीन वडाध्यक्ष विश्वम्भरलाल प्रधान र २०५०/२०५१ सालमा तत्कालीन वडाध्यक्ष बर्षाराम भण्डारीको नेतृत्वमा जीर्णेद्धार भएको थियो । २०४० सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयको विशेष कार्यक्रम अन्तर्गत करीव ७५ हजार रुपैयाँ खर्च गरेर जीर्णोद्धार गरिएको धारा त्यस लगत्तै परको चट््याङ्ले विगारी दियो । यसले पानीको निकास बन्द भएर धाराभित्र नै पानी जम्मा हुन थाल्यो । विसं २०४० सालमा स्थानीय निर्वाचन भएपछि वडा २९ बाट वडाध्यक्षमा निर्वाचित बर्षाराम भण्डारीले २०५०/०५१ सालमा करीव ३ लाख रुपैयाँको लागतमा पानीको निकास खोलेर जीर्णोद्धार गराउनु भएको थियो ।

IMG_4460

IMG_4462

IMG_4457

IMG_4458

-paryatannew.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?