Breaking News

होशियार ! फेसबुकमा जे पायो त्यही लाइक शेयर नगर्नुहोस् , कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

Feb Tue 2020 05:40:14

797 views

होशियार ! फेसबुकमा जे पायो त्यही लाइक शेयर नगर्नुहोस् , कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ
फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। कारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेका हौं’ उनले भने । नायब सुब्बा सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो । सिग्देलले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका छन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?