Breaking News

दाङको युवाले फोन गरेकै भरमा भात पाक्ने उपकरण बनाए

Feb Tue 2020 05:40:27

702 views

दाङको युवाले फोन गरेकै भरमा भात पाक्ने उपकरण बनाए
इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दै गरेका वसन्त ओलीले फोन गरेकै भरमा भात पाक्ने उपकरण बनाएका छन् । दाङको पद्मोदय पब्लिक नमूना माविमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले विभिन्न ४० ओटा विद्युतीय उपकरण प्रयोग गरेर नयाँ उपकरण बनाएका हुन् । चालक विनै गुड्ने गाडी, मान्छे विना खाना पकाउने प्रविधि, धान काट्ने मेसिनलगायतका यन्त्रहरु अविष्कार गर्ने तयारी गरेको वसन्तले बताए । वाटर सेन्सरले ट्याङ्कीको पानी सकिएको खण्डमा स्वचालित रुपमा मोटर खोल्छ भने ट्याङ्ककी भरिएपछि स्वचालित रुपमा नै पानी तान्ने मोटर बन्द गर्ने गर्दछ । यो उपकरण घरायसी काममा प्रयोग भैरहेको र धेरै माग आइरहेको पनि उहाँले बताउनुभयो । यसैगरी उहाँले पछिल्लो पटक बनाएको विद्युतीय उपकरण जिएसएम कन्ट्रोलर हो । यसले फोन गरेकै भरमा राइस कुकरमा भात पकाउने, रेफ्रिजेरेटर खोल्ने र बन्द गर्ने तथा सबै विद्युतीय उपकरण खोल्ने र बन्द गर्ने गर्दछ । नेपाल टेलिकमको एउटा जीएसएम सिम र आइसी जडान गरेर यो उपकरण बनाइएको छ । विद्युतीय उपकरणको काम नसकिँदै बत्ती गएको खण्डमा पनि यस उपकरणले सम्बन्धित व्यक्तिलाई फोन वा म्यासेज पठाएर खबर गर्ने वसन्तको दाबी छ । यसैगरी उहाँले निर्माण गरेको अर्को उपकरण सेक्युरीटी सिस्टम पनि हो । घररपसल बन्द गरेर कतै हिँडेका बेला त्यस ठाउँमा कोही पसेमा वा चोरी गर्न थालेमा लगत्तै यो उपकरणले सम्बन्धितलाई फोन गरिदिने र चोरी हुनबाट बच्ने उहाँले बताउनुभयो । ओलीले फेज भोल्टेज टेस्टर, रिमोटबाटै ढोका खुल्ने, बत्ती बाल्ने, पंखा घुमाउने उपकरण पनि बनाउनु भएको छ । रात परेपछि आफैँ बल्ने तथा उज्यालोमा आफैँ निभ्ने बत्ति, मान्छे पस्न बित्तिकै कोठामा आफै बत्ति बल्ने तथा मान्छे बाहिर निस्केपछि आफै बत्ति निभ्ने मोशन लाइट नाम उपकरण पनि ओलीले बनाउनु भएको छ । यसैगरी भोल्टेज कन्ट्रोलर, रोबेटिक गाडी, थपडी तथा चुड्कीले बल्ने बत्तीलगायतका अन्य विद्युतीय उपकरण समेत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?