मध्यराति १२ बजेको जनाउ दिँदै उनले उनले अर्को स्टाटस पोष्ट गरेका थिए ।
त्यसपछि दुई वटा स्टाटस लेखेर उनी मदिरा पिउँदै लाइभमा आएका थिए । लाइभमा उनले आफू जिन्दगीबाट आजित भएको बताएका थिए ।
उनले आमाको सलमा आफू झुण्डिन लागेको भन्दै सल समेत देखाएका थिए । आधा घण्टा लामो फेसबुक लाइभमा क्रममा थुप्रै भिजिटरहरु त्यहाँ जोटिएका थिए ।
कतिपयले उनलाई त्यसो नगर्न सुझाव दिए । कतिपयले नेपाल प्रहरीको पेजलाई पनि मेन्सन पनि गरे । यद्यपि, उनी अाफ्नो निर्णयबाट पछि हटेनन् आत्महत्या गरी छाडे ।