Breaking News

चितवनका एक युवकले फेसबुक लाइभमै आत्महत्या गरे

Feb Tue 2020 05:40:25

654 views

चितवनका एक युवकले फेसबुक लाइभमै आत्महत्या गरे
फेसबुक लाइभमै चितवन कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरे । तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए । उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो स्टाटसलाई गम्भीरताका साथ लिइएन । उनको त्यो पोष्टमा कुनै प्रतिक्रिया आएको थिएन । मध्यराति १२ बजेको जनाउ दिँदै उनले उनले अर्को स्टाटस पोष्ट गरेका थिए । त्यसपछि दुई वटा स्टाटस लेखेर उनी मदिरा पिउँदै लाइभमा आएका थिए । लाइभमा उनले आफू जिन्दगीबाट आजित भएको बताएका थिए । उनले आमाको सलमा आफू झुण्डिन लागेको भन्दै सल समेत देखाएका थिए । आधा घण्टा लामो फेसबुक लाइभमा क्रममा थुप्रै भिजिटरहरु त्यहाँ जोटिएका थिए । कतिपयले उनलाई त्यसो नगर्न सुझाव दिए । कतिपयले नेपाल प्रहरीको पेजलाई पनि मेन्सन पनि गरे । यद्यपि, उनी अाफ्नो निर्णयबाट पछि हटेनन् आत्महत्या गरी छाडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?