काठमाडौं । २० वटा वाणिज्य बैंक मर्जरमा जाने भएका छन् । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन मर्जरमा जाने भएका हुन् । राष्ट्र बैंकले दिएको समयसीमाभित्रै पुँजी बृद्धिको योजना पेश गर्दै २० वाणिज्य बैंकले मर्जरमा जाने ९ वाणिज्य बैंकले मर्जरमा नगई पुँजी पुर्याउने योजना पेस गरेका छन् ।
मर्जर, बोनस सेयर र हकप्रद सेयरमार्फत राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने बैंक तथा वित्तीय संस्थाहरुले पेस गरेको पुँजी वृद्धिको योजनामा उल्लेख छ ।
संस्थाहरुले पेस गरेको योजनामाथि राष्ट्र बैंकले अध्ययन गर्ने र सोही अनुसारको थप निर्देशन दिने राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् । ‘अव्यवहारिक योजना पेस गर्ने संस्थालाई राष्ट्र बैंकले थप दबाब दिने छ’ स्रोतले भन्यो ।
पूँजी बृद्धिको योजना बुझाउनु पर्ने अन्तिम दिनमात्रै ६ बाणिज्य बैंकले बुझाएका थिए । ९ बैंकले मर्ज तथा एक्वाएरको प्रस्ताव नगरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।
स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसवीआई, बैंक अफ एशिया, नविल, इन्भेष्टमेन्ट बैंक, ग्लोवल आईएमइल र प्रभु बैंकले बोनस सेयर जारी गर्ने योजना पेस गरेका छन । बोन सेयरबाट नपुगेको पुँजी हकप्रद सेयरबाट पुर्याउने उनीहरुको योजना छ ।
एभरेष्ट बैंकले पुँजी वृद्धिको मुख्य आधार बोनस सेयर, एक्वाएर तथा मर्ज र हकप्रद सेयर जारी पुँजी बढाउने उल्लेख छ ।
राष्ट्रिय वाणिज्य बैंकले पुँजी प्रयाप्त छ भने कृषि विकास बैंकले पि्रफेरेन्स सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने जनाएको छ । नेपाल बैंकले भने हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना पेश गरेको छ ।
प्रभु बैंकले ग्राण्ड बैंक एक्वाएर गर्ने प्रक्रियामा रहेको उल्लेख गरेको छ । ग्राण्ड बैंकले भने पुँजी वृद्धिको कुनैपनि योजना पेश गरेको छैन ।
राष्ट्र बैंकले गत साउन ७ गते सार्वजानिक गरेको मौदि्रक नीतिमार्फत ०७४ असार मसान्तभित्र वाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुको चुक्ता पूजी २ अर्ब ५० करोड र राष्ट्रियस्तरका फाइनान्स कम्पनीको चुक्ता पूजी ८० करोड रुपैयाँ हुनै पर्ने घोषणा गरेको थियो ।
| बैंक | चुक्ता पुँजी | अठ अर्ब पुर्याउन थप्नु पर्ने पुँजी |
|---|---|---|
| नेपाल बैंक | ६ अर्व ४६ करोड | १ अर्ब ५४ करोड |
| राष्ट्रिय वाणिज्य बैंक | ८ अर्ब ५८ करोड | थप्नु नपर्ने |
| कृषि वकास बैंक | ९ अर्ब ६३ करोड | थप्नु नपर्ने |
| नबिल बैंक | ३ अर्ब ६५ | ४ अर्ब ३५ करोड |
| इन्भेष्टमेन्ट बैंक | ४ अर्ब ७७ करोड | ३ अर्ब २३ करोड |
| स्टान्डर्ड चाटर्ड बैंक | २ अर्ब २४ करोड | ५ अर्ब ७६ करोड |
| हिमालयन बैंक | ३ अर्ब ३३ करोड | ४ अर्ब ६७ करोड |
| नेपाल एसबिअाइ बैंक | ३ अर्ब ५ करोड | ४ अर्ब ९५ करोड |
| नेपाल बंगलादेश बैंक | २ अर्ब ४३ करोड | ५ अर्ब ५७ करोड |
| एभरेष्ट बैंक | २ अर्ब १३ करोड | ५ अर्ब ८७ करोड |
| बैंक अफ काठमाण्डू | २ अर्ब १२ करोड | ५ अर्ब ८८ करोड |
| एनसीसी बैंक | २ अर्ब १ करोड | ५ अर्ब ९९ करोड |
| कुमारी बैंक | २ अर्ब ४३ करोड | ५ अर्ब ५७ करोड |
| लक्ष्मी बैंक | २ अर्ब ३३ करोड | ५ अर्ब ६७ करोड |
| सिद्वार्थ बैंक | २ अर्ब ३ करोड | ५ अर्ब ९८ करोड |
| सिटिजन्स बैंक | २ अर्ब ५५ करोड | ५ अर्ब ४५ करोड |
| प्राइम बैंक | ३ अर्ब १४ करोड | ४ अर्ब ८६ करोड |
| सनराइज बैंक | २ अर्ब २३ करोड | ५ अर्ब ७७ करोड |
| ग्राण्ड बैंक | २ अर्ब | ६ अर्ब |
| एनएमबी बैंक | २ अर्ब ४० करोड | ५ अर्ब ६० करोड |
| जनता बैंक | २ अर्ब ६ करोड | ५ अर्ब ९४ करोड |
| मेगा बैंक | २ अर्ब ६० करोड | ५ अर्ब ४० करोड |
| सेञ्चुरी बैंक | २ अर्ब १२ करोड | ५ अर्ब ८८ करोड |
| सानिमा बैंक | २ अर्ब ५५ करोड | ५ अर्ब ४५ करोड |
| माछापुछ्रे बैंक | २ अर्ब ७७ करोड | ५ अर्ब १३ करोड |
| एनअइसी एसिया बर्ंक | २ अर्ब | ६ अर्ब |
| ग्लोबल अइएमर्इ बैंक | ५ अर्ब १ करोड | २ अर्ब ९९ करोड |
| सिभिल बैंक | २ अर्ब ८८ करोड | ५ अर्ब १२ करोड |
| लुम्बिनी बैंक | २ अर्ब ६५ करोड | ५ अर्ब ३५ करोड |
| प्रभू बैंक | ३अर्ब २० करोड | ४ अर्ब ८० करोड |