Breaking News

नेपालमाथिको नाकाबन्दी तत्काल हटाऊ भन्दै राष्ट्रसंघले बक्तव्य निकाल्यो

Feb Wed 2020 02:40:32

1133 views

नेपालमाथिको नाकाबन्दी तत्काल हटाऊ भन्दै राष्ट्रसंघले बक्तव्य निकाल्यो
  • कञ्चन रिमाल, नुवाकोट
काठमाडौ : संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथिको नाकाबन्दी तत्काल हटाउन भारतलाई आग्रह गरेका छन्।
 महासचिव वानले नेपालले भूपरिबेष्ठित मुलुकका रुपमा स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने पारवहन अधिकार हनन नगर्न समेत भारतलाई भनेका छन्।
‘नेपालले भूपरिबेष्ठित मुलुकका रुपमा स्वतन्त्र रुपमा उपभोग गर्न पाउने अधिकारमा महासचिव वान जोड दिनुनुहुन्छ’वानका प्रवक्ताले न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा भने ‘नेपाललाई मानवीय कारणले पनि असहज अवस्था छ । सबै पक्षलाई सीमामा जारी अवरोध हटाउन उहांको आग्रह छ ।’
भारतीय नाकाबन्दीबारे महासचिव वानले पहिलोपटक स्पष्टरुपमा बोलेका हुन् । नेपालमा देखिएको आपूर्तिको असहज अवस्थामा बारेमा महासचिव मुनले राखेकाे सराेकारलाई राष्ट्रसंघको वेबसाइटमा यसरी उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?