Breaking News

रिपोर्टरको दैनिकी : मेरो एक अनुभूति नाकाबन्दी, रत्नपार्कदेखि मातातीर्थको बीच बाटोमा

Feb Tue 2020 05:40:48

695 views

रिपोर्टरको दैनिकी : मेरो एक अनुभूति नाकाबन्दी, रत्नपार्कदेखि मातातीर्थको बीच बाटोमा

भारतको नाकाबन्दीले अहिले नेपालको जनजीवन कष्टकर बन्दै गएको छ । मधेस आन्दोलनले १०० दिन पूरा गरिसकेको छ भने भारतको अघोषित नाकाबन्दीले पनि हनिमुन मनाउने तरखरमा पुग्न बेर नलाग्ने अहिलेको ताजा अबस्थाले देखाएको छ । बजारमा खानेतेल नून, मटितेल, पेटोल, डिजेलको कारोबजारीले जनताको ढाड नराम्ररी सेकाएको छ । सहरमा त ग्यासको हाहाकार मच्चिएको छ बिजुली कटौती छिनछिनमा हुनाले मध्यम वर्गको जीवनस्तर चल्नै नसक्ने अवस्थामा पुगिसकेको छ भने तल्लो स्तरका जनताहरु भने भोकभोकै पर्न थालिसकेको अवस्था छ राजधानीमा । अत्यावश्यक कामको लागि निस्कनु पर्दा सवारी साधन पाइन्न पाइए पनि चर्को भाडा तिरेर पनि बसको छतमा कष्टकर र खतरायुक्त यात्रा गर्नुपरिरहेको अवस्था छ । हुनेखानेहरु पनि अहिलेको अवस्थाबाट ससकित बन्न थालेका छन् । फाइदा छ त कालो बजारी गर्नेलाई । १०४ रुपैयाको पेटोल ४/५ सय सम्म मा खुलेआम बेचिरहेका छन् । ग्यासको सिलिण्डर १० हजारसम्ममा बेचिरहेका छन् । खाने तेल साबुन औषधि त अहिले सहर बजारमा अभाव भइसकेको छ । खै के हुन लागेको हो यो ०७२ सालमा नेपाललाई । स्वभिमानी नेपालीलाई किन यस्तो आपत आइलाग्यो यस वर्ष । फोहोरी राजनीतिक खेलको कारण हो भन्छु म त । २००७ सालपछि राजनीतिक गर्नेहरुले नेपाललाई किन बिखण्डनको राजनीतिमा बन्धक बनाए सोझा नेपाली जनतालाई के थाहा ? नयाँ नेपाल गणतन्त्र नेपाल बनाउन होला की भन्ने सोचेका स्वभिमानी नेपालीहरुको आत्मा अहिले यसरी रोइरहेछ । जसको कारक बनेको छ फाहोरी नेपाली राजनीति । देशको विकासको आधारशिला दरिलो राजनीति र बलियो सरकार हो भन्ने विश्वव्यापी मान्यतालाई हाम्रो देशका नेताहरुले पैसाको दाउमा नेपालको विकासलाई राखिदिदा अहिलेको दुर्भाग्य निम्तिएको पक्का हो । अब पनि स्वभिमानी नेपाली चुप बस्ने हो भने नेपाल बिहार र सिक्किम बन्न के बेर बेलेमै सचेत होऔ. हामी नेपाली, एक भइ जुटौ उठौ फोहोरी खेलको अन्त्य गरौ कालो बजारी भष्टाचारीलाई फासी दिने कानून अब बनाऔं जय नेपाल । हामी धेरै नेपालीहरु यस्तो अवस्थामा पनि सहयोगी छौ भन्ने कुरा तेज एण्ड करण इन्टरप्राइजेजले इन्धनको अभावमा जोखिम यात्रालाई न्युनीकरण गर्न भनेर सञ्चालन गरेको निःशुल्क वस सेवालाई मुरी मुरी धन्यवाद छ ।tej and karan तेज एण्ड करण इन्टरप्राइजेजको निःशुल्क वस यात्रा सेवामा मैले पनि कालीमाटीदेखि कलंकीसम्म छोटोदुरीमा भए पनि यात्रा गर्न अवसर पाए मिति २०७२ मंसीर ८ गते । त्यस दिन म रत्नपार्कबाट गाडी नपाएर मातातीर्थ जान हिडेर कलंकी पुगेकी थिए । यस्तै सहयोगी हातहरु यस्तो विपतको बेलामा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्न जुटौ उठौ हामी नेपाली एक भएर । - साधना बस्नेत/आइसिटी खबर www.ictkhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?