Breaking News

आईटी विधेयक पारित, फेसबुक-ट्वीटर जस्ता सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने

Feb Tue 2020 05:40:38

856 views

आईटी विधेयक पारित, फेसबुक-ट्वीटर जस्ता सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने

संसदको विकास तथा प्रविधि समतिमा छलफलमा रहेको सूचना तथा प्रविधि विधेयक पारित भएको छ ।

विधेयकमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने लगायतका व्यवस्थाहरु राखिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल प्रसाद बाँस्कोटाले विधेयकमा सरकारले पेश गरेका ३६ ओटा बुँदामा संसोधन भएको बताए ।

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् साइबर बुलिङ धेरै भएको भन्दै विधेयकको बचाउ गर्दै सामाजिक सञ्जाललाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए ।
लामो समयदेखि छलफलमा रहेको उक्त विधेयकमाथि सर्वसम्मत बन्न नसकेपछि समितिकी सभापति कल्याणी खड्काले संसद नियमावालीको १८१ को दफाका आधारमा भोटिङ गराएर विधेयक पास गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?