Breaking News

आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

Feb Tue 2020 05:40:24

1096 views

आनन्दराज खनाल  संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ) अन्तर्गत आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा फेरि पनि नियुक्त भएका छन् । 

खनाल सन् २०२० का लागि फेरि पनि सदस्यमा नियुक्त भएका हुन् । 

यसअघि खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रूपको उपाध्यक्षमा दुई कार्यकाल निर्वाचित भएर बिताइसकेका छन् । उनलाई सन् २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो ।

संघका एशिया प्रशान्त क्षेत्रका ३८ मुलुकका विज्ञहरु मध्येबाट नेपाल र दक्ष्मिण्म कोरियाले मात्रै प्रतिनिनिधित्व गर्ने अवसर पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?