Breaking News

एप्पलको पुरानो थोत्रो कम्प्युटरको लिलामीको मूल्य ३ करोड

Feb Tue 2020 05:40:34

573 views

एप्पलको पुरानो थोत्रो कम्प्युटरको लिलामीको मूल्य ३ करोड
अमेरिकामा एउटा थोत्रो कम्प्युटरको लिलामी हुँदैछ । आश्चर्यको कुरा यो कम्प्युटरको लिलामीको मूल्य ३ लाख डलर (३ करोड ३० लाख नेपाली रुपैयाँ)बाट सुरु हुँदैछ । अमेरिकाको बोस्टनको आरआर अक्सन कम्पनीले त्यो कम्प्युटरको लिलामी गर्नेछ । यो कम्प्युटर एप्पल कम्पनीको कम्प्युटर हो । यसलाई १९७० को दशकमा स्टिभ जब्स र स्टिभ भोज्नियाकले बनाएका थिए । एप–१ नामको यो कम्प्युटरको मूल्य त्यतिबेला मात्रै ६६६ डलर थियो । एपल–१ ले आज पनि काम गरिरहेको छ । १९७६–७७ को बीचमा जब्स र भोज्नियाकले करिब २ सय कम्प्युटर डिजाइन गरेका थिए । तीमध्ये ६० कम्प्युटर मात्र अहिलेसम्म बाँकी छन् । यो तिनैमध्येको एक हो । एप्पलका एक्सपर्ट कोरे कोहेनका अनुसार यसमा सबै पार्टहरु ओरिजिनल छन् । यसको कीबोर्ड पनि ४० वर्ष पुरानो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?