Breaking News

ब्लफ कलबाट हैरान हुनुहुन्छ भने ट्रुकलर प्रयोग गर्नुहोस्

Feb Tue 2020 05:40:52

1288 views

ब्लफ कलबाट हैरान हुनुहुन्छ भने ट्रुकलर प्रयोग गर्नुहोस्

नेपालीहरुले भोगिरहेको ब्लफ कल समस्या समाधान गर्ने लक्ष्यसहित 'ट्रुकलर'ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । विश्वव्यापी सफल एप, ट्रुकलर, झण्डै १० करोड उपभोक्ताहरुले प्रयोग गरिरहेका छन् । ब्लफ कलबाट मुक्ति पाउन अब नेपालमा पनि 'ट्रुकलर' कम्पनीले नेपाली उपभोक्ताहरुलाई ट्रुकलरले ब्लफ कल अनावश्यक फोन नम्बर, मोबाइल नम्बरलाई ब्लक, स्पाम गर्न सघाउने लक्ष्यसहित नेपालमा आफ्नो सेवा सुरु गरेको हो । ट्रुकलर, खोजप्रबिधीमा आधारित अग्रणी कम्पनीका रुपमा स्थापित छ । यसले नेपाली मोबाइल उपभोक्ताहरुको फोनबुक प्रयोगमा सजिलो, छिटोछरितो अपनाउन अग्रसरता लिएको छ । स्मार्टफोनका प्रयोगकर्ताहरु दिनहुँ तिब्र गतीमा बढिरहेको र नेपालले पनि नयानया प्रविधीसग साक्षात्कार गरिरहेको कुरालाई मध्यनजर गरेको कम्पनीले जनाएको छ । 'अब अपरिचित ब्यक्ति वा नम्बरबाट आएको फोनट्रुकलरको दिएको सुबिधाका माध्यमबाट पहिचान गर्न सकिनेछ,' कम्पनीले आफ्नो प्रेस रिलिजमा भनेको छ, 'तर ति नम्बर इन्टरनेटमा कतै न कतै (फेसबुक, जिमेल, ट्विटर र अन्य) रजिस्टर भएको हुनुपर्छ ।

अहिले नेपालका १८ हजार प्रयोगकर्ताहरुले ट्रुकलरका माध्यमबाट अनाबश्यक फोनहरु ब्लक गरिसकेको र यो संख्या दिनानुदिन बढिरहेको कम्पनीको दाबी छ । 'संसारभरीका धेरै प्रयोगकर्ताहरुद्वारा ब्लफ कल, फेक कल तथा ब्यक्तिलाई सताउने अनाबश्यक फोनको झन्झटबाट मुक्त हुन ट्रुकलरले सहयोग पुगेको छ । नेपालमा पनि यस्ता फोनहरुको दिक्दारीबाट बच्न सहयोग पुर्‍याउने उद्देश्य छ,' ट्रुकलरका लागी एसिया, मध्य पुर्व र अपि|mकाका उपाध्यक्ष कारि कृष्णमूर्तिले बताए ।

भर्खरै मात्र ट्रुकलर एप्सले नयाँ डिजाइन र सुबिधा थपेको छ । साथै यसको अपग्रेडिङ सिस्टमले स्मार्टफोनको मेमोरी खपत पनि घटाएको छ । ट्रुकलर निम्न सुबिधाहरु थपेको छ । जसमा कलर आइडि, कल, स्पाम ब्ल्कीङ, नम्बर र नाम हेर्न सकिने, नेपाली भाषा प्रयोग गर्न सकिनेलगायतका छन ।

ट्रुकलरले मोबाइल प्रयोगकर्ताहरुलाई कलर आइडिबारे जानकारी दिन सहयोग पुर्‍याइरहेको छ । यसको मुख्यालय स्टकहोम, स्वीडेनमा रहेको छ । सन् २००९ मा एलान मामेदी र नामी ज्यारिङहालमले यसको स्थापना गरेका हुन् । सबै प्रकारका इन्टरनेट डिभाइसमा यो एप्स उपलब्ध छ । यसमा सेक्वाँ क्यापिटल, एटोमिको र क्लेइनेर काउफिल्ड बेयर्सको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?