Breaking News

१२ अर्ब रुपैयाँको अन्तर बैंक चेक राफसाफ दैनिक २८ हजार चेकबाट

Feb Tue 2020 05:40:12

591 views

१२ अर्ब रुपैयाँको अन्तर बैंक चेक राफसाफ दैनिक २८ हजार चेकबाट
stock-market-650x420काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले दैनिक औषत १२ अर्ब रुपैयाँ बराबरको चेक राफासाफ गर्न थालेको छ । कम्पनीले १२८ सदस्य बैंकका साढे दुई हजार शाखाका चेक राफसाफ गर्छ । आर्थिक वर्ष २०७१/७२ मा २२ प्रतिशत व्यापार बढाएपछि कम्पनीले ६५ लाख ४७ हजार चेक राफासाफ गरेको थियो । कम्पनीले दैनिक औषतमा साढे २८ हजार वटा चेक राफसाफ गरेको थियो । कम्पनीले यो कारोवारबाट गत आर्थिक वर्षमा चार करोड १९ लाख रुपैयाँ संचालन नाफा गरेको थियो । त्यसबाट कम्पनीले एक करोड ६५ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । गतवर्षको नाफाबाट कम्पनीले दश प्रतिशत नगद लाभांस वितरण गरेको छ । कम्पनीले इलेट्रोनिक माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गर्न हाल प्रयोगमा रहेका पूर्वाधारहरुलाई विस्तार गरि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा समेत सुरु गरिसकेको छ । यो प्रणाली मार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरुबीच सिधै कारोबार गर्ने अवस्था हुन थालेको छ । यस्तो कारोवारमा भुक्तानी दिने र लिने जस्ता अन्तर बैंक भुक्तानी कारोबार उक्त प्रणालीबाट गर्न सकिने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडलाई नेपालमा विद्युतीय भुक्तानी एवं फर्छ्यौट सम्बन्धीआवश्यक प्रणालीका लागि नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र स्मार्ट च्वाइस टेक्नोलोजीको पहलमा स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?