Breaking News

आइसिटी ज्ञान : १२ वर्षको एसएलसीको नतिजा यस्तो छ

Feb Tue 2020 05:40:53

329 views

आइसिटी ज्ञान : १२ वर्षको एसएलसीको नतिजा यस्तो छ

१२ वर्षको अवधिमा एसएलसी दिने विद्यार्थीको संख्या दोब्बर भएपछि उर्त्तीण संख्या पनि दोब्बर भएको छ । तर, विद्यार्थीको उत्तीर्ण प्रतिशत भने घटिरहेको छ ।

२०६० सालमा एक लाख ७५ हजार ४१८ विद्यार्थीले एसएलसी नियमित परीक्षा दिएकोमा ८१ हजार ८ जना उत्तीर्ण भएका थिए । २०७१ सालमा ४ लाख ५ हजार ३३८ विद्यार्थीले एसएलसी नियमित परीक्षा दिएकोमा १ लाख ९२ हजार २६७ जनामात्र उत्तीर्ण हुन सफल भएका छन् ।

बाह्र वर्षको अवधिमा नियमित एसएलसी परिक्षामा सबैभन्दा बढी विद्यार्थी २०६५ सालमा उत्तीर्ण भएका थिए । त्यतिबेला ३ लाख ४२ हजार ६३२ जनाले एसएलसी दिएकोमा २ लाख ३४ हजार ६०२ जना उत्तीर्ण भएका थिए । यो संख्या कुल सहभागी विद्यार्थीको ६८.४७ प्रतिशत हुन आउँछ ।

अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०६३ सालदेखि २०६६ सालसम्म उत्तीर्ण विद्यार्थीको संख्या उच्च थियो । त्यसयता एसएलसीमा उत्तीर्ण हुने विद्यार्थीको संख्या निरन्तर ओरालो लागिरहेको छ ।

२०७२ सालको एसएलसी परीक्षामा ४ लाख ५६ हजार १३६ विद्यार्थी सहभागी भएका छन् । यो परीक्षाको नतिजा अझै सार्वजनिक भएको छैन् । सरकारले यो वर्षदेखि एसएलसीमा ‘ग्रेडिङ सिष्टम’ लागू गर्ने हुँदा कोही पनि फेल हुने छैनन् ।SLC-Exam

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?