Breaking News

७७ प्रतिशतले मोबाइलबाटै पोर्न कुरा हेर्ने गरेको खुलासा

Feb Tue 2020 05:40:27

1242 views

७७ प्रतिशतले मोबाइलबाटै पोर्न कुरा हेर्ने गरेको खुलासा

एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न ७७ प्रतिशत मोबाइल प्रयोगकर्ताहरुले मोबाइलबाटै पोर्न सामाग्रीहरु हेर्ने गरेको जनाएको छ । डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या भने घट्दै गएको तथ्यांक रिपोर्टले देखाएको छ ।

सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ । यो संख्या सन् २०१८ को भन्दा १० प्रतिशतले बढी हो ।

मोबाइलबाट पोर्न सामग्री हेर्ने मामिलामा भारत पहिलो स्थानमा परेको छ । भारतमा इन्टरनेटमा हेरिने पोर्न सामग्रीमध्ये ८९ प्रतिशतले मोबाइलमा पोर्न सामग्री हेर्ने गरेका छन् ।

दोस्रो स्थानमा अमेरिका छ । अमेरिकामा पोर्न सामाग्रीका दर्शकमध्ये ८१ प्रतिशतले मोबाइलबाट हेर्ने गर्दछन् भने तेस्रो स्थानमा रहेको ब्राजिलमा यो हिस्सा ७९ प्रतिशत रहेको छ ।

त्यस्तै मोबाइलबाट पोर्न हेर्नेमा बेलायत ७४ प्रतिशतसहित चौथो र जापान ७० प्रतिशतसहित पाँचौं स्थानमा रहेको छ ।

स्मरणरहोस् सन् २०१३ मा विश्वमा इन्टरनेट पोर्नका दर्शकमध्ये केबल ४० प्रतिशतमात्र मोबाइलबाट हेर्नेहरू थिए । पाँच वर्षमै त्यो संख्या दोब्बर भएको छ ।

पोर्नहबको तथ्यांक अनुसार पोर्न सामग्री हेर्ने संख्याको मामिलामा एन्ड्रोइड डिभाइस प्रयोगकर्ताको तुलनामा एप्पल डिभाइस प्रयोगकर्ताहरूको संख्या धेरै छ । योसँगै एप्पलको आईओएस मोबाइल अपरेटिङ सिस्टम पोर्नहब लगइन हुने सबैभन्दा ठूलो मोबाइल अपरेटिङ बनेको छ । एन्ड्रोइडबाट पोर्नहब हेरिने मात्रा भने घट्दै गएको तथ्यांकले देखाएको छ ।

सन् २०१९ मा मोबाइलबाट हेरिएको पोर्नमा ५२.८ प्रतिशत हिस्सा आइओएसको रह्यो भने एन्ड्रोइडको हिस्सा ४६.६ मात्र रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?