Breaking News

फेसबुकमा डाटा सुरक्षाको सवाल ! फेसबुकको भविष्यप्रति जुकरबर्ग नै अन्योलमा

Feb Tue 2020 05:40:29

523 views

फेसबुकमा डाटा सुरक्षाको सवाल ! फेसबुकको भविष्यप्रति जुकरबर्ग नै अन्योलमा
अमेरिकन कंग्रेस सिनेटमा फेसबुक र  फेसबुकका मार्क जुकरबर्ग माथि कडा आलोचना भयो । सुनुवाईको बेला गम्भीर देखिएका जुकरबर्ग ले सबैको कुरा ध्यानपूर्वक सुने । उनले लिखित बयानमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारीको दुरुपयोगलाई लिएर माफी नै मागे । सुनुवाईका क्रममा फेसबुकका कतिपय विशेषतालाई लिएर जुकरबर्ग आफैं अन्योलमा देखिएका थिए । जसबाट अब फेसबुकको भविष्यमाथि नै प्रश्न चिन्ह तेसिैएको छ । फेसबुक प्रयोगकर्ताको डाटा सुरक्षित राख्न कुनै ठोस काम नभएको जुकरबर्ग ले स्वीकारे । ‘हामीले हाम्रो जिम्मेवारी राम्ररी निभाएनौं, जुन एकदमै ठूलो गल्ती हो’ उनले भने । केही विषयहरु यस्ता थिए, जसमा जुकरबर्गले उत्तर दिन चाहेनन् वा उनलाई त्यसबारे जानकारी नै थिएन । ‘तपाईको भर्चुअल दुनियाँमा कसको नियन्त्रण रहन्छ ?’ भन्ने प्रश्नमा जुकरबर्गले सबै कुरा प्रयोगकर्तामा निर्भर हुने बताएर पन्छिए ।   तपाईंको फेसबुकमा लगातार आइरहने जस्तो पनि विज्ञापनमा तपाईंको कन्ट्रोल रहदैन र त्यसलाई तपाईंले चाहेर हटाउन पनि सक्नुहुन्न । जस्तो सिनेटमा जुकरबर्गलाई बिल नेल्सनले सोधेका थिए, ‘म फेसबुकमा मेरो साथीसँग कुरा गरिरहेको थिएँ । मैले आफूलाई केही चकलेट मनपर्ने बताइरहेको थिएँ । त्यसको लगत्तै मैरो फेसबुकमा अनेक किसिमको चकलेटको विज्ञापन आउन थाल्यो । यदि मलाई त्यस्तो विज्ञापनसँग रुची नै छैन भने नि ? यो कसरी भयो ?’ जुकरबर्गले क्याम्बि्रज एनालिटिकामार्फत भइरहेको गलत कामको थप अनुसन्धान हुनुपर्ने बताए । ‘क्याम्बि्रज विश्वविद्यालयमार्फत के गलत भइरहेको हो त्यो राम्ररी बुझ्नुपर्छ, यदि हामीले केही कदम उठाएर त्यसमा रोक लगाउन सक्छौं भने यो अवस्थाबाट बाहिर निस्कन सकिनेछ’ उनले भने । झण्डै ९ करोड प्रयोगकर्ताको व्यक्तिगत जानकारी अवैध रुपमा राजनीतिक उद्देश्यका लागि प्रयोग भएको हुन सक्ने आकँडा बाहिर आएको थियो । ८ करोड ७० लाख भन्दा बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने क्याम्बि्रज एनालिटिकाले अवैध रुपमा प्रयोग गरेको तथ्य बाहिरिएको थियो । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्बि्रज एनालिटिकाले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर त्यसलाई राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ । युजर नेम, इमेल एड्रेस वा फोन नम्बर टाइप गरेर अरु प्रयोगकर्ता खोज्न मिल्ने फिचरका कारण धेरैले प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग गरिरहेको खुलेको उनले बताए । अहिले आफूहरुले त्यो सुविधामा कडाइ गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?