Breaking News

फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

Feb Tue 2020 05:40:35

993 views

फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक

भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई  लिएर चिन्तित छन् ।

केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन्

केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् ।

फेसबुकमा धेरैले आफ्ना साना बालबच्चाका वा किशोरावस्थामा पुगेका परिवारका सदस्यहरुको तस्वीर राखिरहेका हुन्छन् । यसो गर्नु पनि खतरनाक हुनसक्छ । यदि अझै पनि फेसबुकमा यस्ता फोटा छन् भने हटाइदिनु नै राम्रो हुन्छ । किनकि यसमार्फत् अज्ञात व्यक्तिले तपाईंको पूरै परिवारकोबारेमा जानकारी लिनसक्छ र यसको गलत प्रयोग पनि गर्न सक्छ । धेरै व्यक्तिहरुले कुनै स्टाटस वा फोटोसँगै आफ्नो लोकेसन पनि राखेका हुन्छन् । कतिपयले त घरभित्रै बसिरहेको बेलामा पनि लोकेसन ट्याग गरेका हुन्छन् । यसबाट धेरैलाई थाहा हुन्छ कि तपाईं अहिले कहाँ हुनुहुँदो रहेछ भन्ने कुरा । यसो गर्दा अज्ञात व्यक्तिहरुले पनि तपाईंको घर कहाँ छ भन्ने कुरा वा तपाईं अहिले कुन ठाउँमा हुनुहुन्छ भन्ने कुरा थाहा पाउँछन् । कतिपयले त कतै घुम्न जाने बेला घरबाट निस्किएकोदेखि लिएर अहिले कहाँ कहाँ पुगिएको छ भन्ने कुराको समेत जानकारी पलपलमा अपडेट गरेर जानकारी दिइरहेका हुन्छन् । तपाईंको यो बानीले कुनै अपराधिक तत्वलाई तपाईंमाथि आक्रमण गर्ने वा क्षति पुर्‍याउने मौका दिइरहेको हुनसक्छ । आजभोलि त केही बीमा कम्पनीहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिन थालेका छन् । कुनै व्यक्तिले सामाजिक सन्जालमा आफ्नो होलिडेको पूरै प्लान पोस्ट गरेको छ भने उनीहरुको इन्स्योरेन्स क्लेमलाई रिजेक्ट गर्न थालिएको छ । धेरैजनाले फेसबुकमा आफ्नो बोर्डिङ पास सेयर गरेका हुन्छन् । तपाईंले ख्याल गर्नु भएको छ कि छैन, बोर्डिङ पासमा बार कोड राखिएको हुन्छ । यो बार कोडमा तपाईंको बारेमा विस्तृत विवरण हुन्छ जसबाट पूरै जानकारी लिन सकिन्छ । यसलाई प्रयोग गरेर एयरलाइन्स कम्पनीबाट तपाईंको बारेमा पूरै जानकारी निकाल्न सकिन्छ । . कुनै पनि स्थितिमा आफ्नो क्रेडिट कार्डको डिटेल्स फेसबुकमा सेयर नगर्नुहोस् । डाटा लीक हुँदा तपाईंको क्रेडिट कार्डको पूरै डिटेल्स सेयर हुनसक्छ । विदेशमा यस्ता एक दुई घटना भइसकेका छन् । फेसबुक आफैले पनि यसबारेमा प्रयोगकर्तालाई सचेत गराइसकेको छ । म्यासेन्जरमा पनि कसैलाई पनि क्रेडिट कार्डको डिटेल्स नदिनु नै राम्रो हुन्छ । यदि तपाईं नयाँ सम्बन्धको खुसी साट्न चाहानुहुन्छ भने फेसबुकमा रिलेसनशीप स्टाटस अपडेट नगर्नुहोस् । पछि यदि रिलेसनशीप स्टाटस सिंगल गरियो भने तपाईंलाई समस्या पनि पर्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?