नोटः १. क्यान महासँघको महाधिवेशनमा सहभागि हुन तथा निर्वाचनमा मताधिकारको लागि सम्पुर्ण सदस्यहरूको सदस्यता नविकरण अनिवार्य भएकाले विधान बमोजिम सदस्यता नविकरण गर्नुपर्ने व्यक्तिगत सदस्य तथा संस्थागत सदस्य महानुभावहरूले यहि २०७४ मंसिर २९ गते भित्र क्यान महासंघको सचिवालय, खुसिबुमा आफ्नो सदस्यता नियमानुसार अनिवार्य रूपले नविकरण गर्नुहुन अनुरोध छ ।
२.संस्थागत सदस्य महानुभावहरूले संस्थाको प्रतिनिधित्व जनाउने पत्र (प्रतिनिधिको परिचय खुल्ने फोटो सहितको परिचय पत्र सहित) यहि २०७४ मंसिर २९ गते भित्र सचिवालयमा प्रेषित गर्नुहुन र व्यक्तिगत सदस्य महानुभावहले महाधिवेशनमा सहभागिताको लागि फोटो सहितको परिचय पत्र साथमा लिई आउन अनुरोध छ ।
३. विषयगत सदस्यहरूलाई सदस्यता नविकरण तथा महाधिवेशन प्रतिनिधि छनौट सम्बन्धमा पत्र ईमेल मार्फत यस अघि नै जानकारी गराईएको छ । यदि सो पत्र इमेल मार्फत नपाइएको भए यसै सुचनालाई आधार मानी क्यान सचिवालयमा समन्वय गरी तोकिएको समय भित्र सम्पुर्ण सदस्यहरूको नविकरण गरी महाधिवेशन प्रतिनिधि चयन गर्नुहुन तथा सो को विवरण यहि २०७४ मंसिर २९ गते भित्र यस महासंघको सचिवालयमा उपलब्ध गराई सक्नुहुन अनुरोध छ ।
४. महासंघको केन्द्रीय समितिको निर्वाचनको प्रयोजनको लागि केन्द्रीय निर्वाचन समिति गठन भईसकेको हुँदा निर्वाचन सम्बन्धी कार्यतालिका तथा सुचना निर्वाचन समितिले नै सार्वजनिक गर्नेछ । निर्वाचन समितिको कार्यालय क्यान महासंघ सचिवालयमा नै रहने गरि तोकिएको हुँदा सवैको लागि जानकारी गराईन्छ । थप जानकारीका लागि क्यान महासंघको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
बिश्व राम बलामी महासचिव
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)
खुसिबु काठमाण्डौं, नेपाल ।
फोनः ०१–४३८१०७०, ४३८२०९०
Email: info@can.org.np
URL: www.can.org.np