Breaking News

एप्पलमा फेरि नयाँ भाइरस छिर्यो

Feb Wed 2020 02:40:18

408 views

एप्पलमा फेरि नयाँ भाइरस छिर्यो
केही समय यता एप्पलले विभिन्न समस्याको सामना गर्नु परेको छ। हालै म्याक अपरेटिङ सिस्टम एक्स (OS X) का प्रयोगकर्ता खतरनाक भाइरस रेन्समवेयर (Ransomware) को शिकार भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
यो भाइरस ट्रान्समिशन बिट टोरेन्ट क्लाइन्ट (BitTorrent client) एपमा पाइएको जनाइएको छ। यस भाइरसले प्रभावित एप डाउनलोड गर्ने प्रयोगकर्ताले "कीरेन्जर" (KeRanger) भाइरसको पनि  सामना गर्नपरेको बताइएको छ।
पालो अल्टो नेटवर्कको एक रिपोर्टका अनुसार एप्पलले गेटकिपर सेक्युरिटी व्यवस्थाद्वारा यस भाइरसलाई रोक्ने कदम उठाएको छ। यस भाइरसले प्रभावित भर्जन अन्य प्रयोगकर्ताका तर्फबाट इन्स्टल गरिने छैन तर जो प्रयोगकर्ता यस भाइरसको चपेटामा आइसकेका छन्, उनीहरुलाई हाल कसैले पनि मद्दत गर्न नसक्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?