Breaking News

क्यानमा नवराज कुँवरको नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन

Feb Wed 2020 02:40:49

1468 views

क्यानमा नवराज कुँवरको नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको तेह्रौं महाधिवेशन तथा २६औं साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । मंसिर ७गते सम्पन्न साधारण सभाले नवराज कुँवर नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन गरेको हो । कुँवरले प्रतिस्पर्धी सुनैना पाण्डेको भन्दा १२ प्रतिशत बढी ल्याएका छन् ।

क्यान महासंघको उपाध्यक्षमा रणजित कुमार पोदार, खुसल रेग्मी, रत्नतारा तुलाधर (बैद्य) र रेशम गिरि निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा नारायण बहादुर थापा चुनिएका छन् भने सचिवमा चिरञ्जीवी अधिकारी, राजेन्द्र प्रसाद अर्याल, रेग बहादुर भण्डारी, शेखरनाथ दुलाल, ठाकुर कुमार श्रेष्ठ, भुपाल दास श्रेष्ठ, दिपेन्द्र कुमार सिंह, जगन बहादुर गुरुङ, दल बहादुर खड्का र हर्क बहादुर सेटि विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा डा. पवन कुमार शर्मा निर्वाचित भएका छन् ।

क्यान महासंघको साधारण सभाबाट २२ जना कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । अरुण कुमार बंसल, उमेश रघुबंशी, गुण केशरी प्रधान, सुमनलालप्रधान, अमित अग्रवाल हेमपाल श्रेष्ठ, चन्द्र विलास भुर्तेल, सुषमा शर्मा(वस्ती), नविन जोशी, भोजराज भट्ट, श्रीधर मरासिनी, बुद्धरत्न मानन्धर, प्रताप सापकोटा, रेभा राज भण्डारी, सर्मिला भुजेल, सरिता सिंह, भुपेन्द्र मैनाली, भानुभक्त शर्मा, कृष्ण प्रसाद पौडेल, ध्रुवराज शर्मा, भीम मल्ल, खेमराज ढुंगाना कार्यकारिणी सदस्यमा विजयी भएका हुन् ।

यसैगरी लेखा समितिमा ३ जना निर्वाचित भएका छन्, जसमा संस्थागत तर्फ बाट श्री केशव प्रसाद भट्टराई ब्यक्तिगत तर्फबाट राजू कट्टेल र जिल्ला शाखाको तर्फ बाट भिमसेन गिरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?