सन् १९९० तिर मानिसहरु नपुसंकता (इरेक्ताईल डिस्फन्क्सन) बारेमा एक्दमै कम कुरा गर्थे । लाज र डरका कारण कुरा गर्न अप्ठेरो मान्न प्रवृति थियो । तर १९९८ देखि भियग्राको उत्पादन सुरू भएपछि यो अवस्थामा नाटकीय परिवर्तन आयो । त्यसअघिसम्म नपुसंकता पालेर बेडरूमा खुम्चिनेहरू डाक्टरसम्म पुग्ने वातावरण बन्यो । त्यसपछि विश्वभर दसौ लाख डाक्टरहरुले करोडौ पुरुषहरुलाई यो औषधीबाट नपुसंकता र त्यस सम्बन्धी समस्याहरुको उपचार गरिसकेका छन् ।
सन् २००३ मा एफ.डि.ए.ले अरु दुइ वटा औषधीलाई मन्यता दिएपछि नपुुसंकताको उपचार गराउने लहर अझै बढेर गयो । केहीले त यसलाई दोस्रो यौनक्रान्तिको रुपमा व्याख्या गरे । ती औषधिमध्ये पहिलो चै महिलाहरुलाई बच्चा जन्माउनमा रोक्न मद्दत गर्ने औषधी थियो । दुबै औषधीहरुले, मानिसहरुको यौन व्यबहार र उनीहरुको यौन सम्बन्धीको सोचाईमा समेत ठूलो परिवर्तन ल्याईदिए । अझै पनि समाजमा नपुसंसकताको विषय खुल्ला वहसको विषय भने बनेको छैन् । सन् २००३ मा ५० बर्ष भन्दा माथीको पुरूषहरूमा गरिएको एउटा अध्ययनअनुसार ७४ प्रतिशत भन्दा बढी पुरुषहरुलाई नपुसंकताको समस्या हुँदाहुदै पनि यस बारेमा खुलेर कुरा गर्न असजिलो मानिरहेका थिए । पछि उनीहरुलाई उपचार गरिसकेपछि मात्र अलिकता कुरा गर्नमा हिचकिचावट कम भएको पाईएको थियो ।
यदि तपाईंलाई पनि नपुसंकता (इरेक्ताईल डिस्फन्क्सन) सम्बन्धी समस्या छ भने यो बारेमा राम्ररी जान्नु उपयुक्त हुन्छ । धेरै मदिर सेवनपछि वा दुःखको अवस्थामा भावनत्मक चापले गर्दा यदि लिङमा कडापन (ईरेक्सन) हुन सकेन भने त्यो नपुसंकता (इरेक्ताईल डिस्फन्क्सन) होईन । न त स्खलन भै सकेपछि तुरुन्त सम्भोगको लागि तयार हुन नसक्नु नपुसंकता हो । प्रायः गरेर पुरुषहरुलाई जीवनमा एक चोटि इरेक्सनको समस्या हुन्छ नै ।
यौनसम्पर्कको लागि मन हुँदाहुँदै लामो समयसम्म लिङमा कडापन न आउनु, र भए पनि सम्भोगको लागि प्रयाप्त समयसम्म इरेक्सन नहुनुलाई नपुन्सक्ता (इरेक्ताईल डिस्फन्क्सन) भनिन्छ । यस्तो अवस्थामा लिङमा प्रयाप्त मात्रामा कडा नहुनु, भैसके पनि छिट्टै नरम हुने गर्दछ । यो समस्या दिनानुदिन बढ्दै जान्छ र हुँदा हुँदा, इरेक्सनकोलाई धेरै समय लिने गर्दछ । कुनै बेला उत्तेजना पहिले पहिलेको जस्तो कडा हुदैन वा स्खलन हुनु भन्दा अगावै कडापन जान्छ । यदि यस्तो समस्याहरु प्रायः गरेर हुँदै गयो भने डाक्टरसँग सल्लाह गर्नु बेस हुन्छ ।
नपुसंकताको धेरै करणहरु हुन्छन । धेरैजसो समयमा लिङमा हुने धमनीहरुमा हुने अवरोधले नपुसंकता हुन्छ । यी समस्याहरु मुटुमा पनि हुने गर्दछ जस्ले गर्दा हृदयाघात समेत हुनसक्छ । वास्तवमा पुरुषहरुमा नपुसंकतासम्बधी समस्या देखिएमा ३० प्रतिशत जतिमा मुटुको समस्या पनि हुन्छ । अरु कारणहरुमा – औषधी, रोग, दुर्घटना र प्रोस्टेत ग्रन्थीको शल्यक्रिया आदि हुन । चिन्ता, वैवाहिक समस्याहरु, र उदासिनताको रोग (डिप्रेसन) हरुले पनि यी समस्याहरू हुनसक्छ । पहिले पहिले नपुसंकतालाई मानसिक समस्या भनेर चिनिन्थ्यो । केही हदसम्म चिन्ता र राम्रो गर्न सक्दैन की भन्न डरले यस्तो समस्या आउन सक्छ ।
तर ७० प्रतिशत जति पुरुषहरुमा शरीरिक कारणहरु जस्तै रगत र स्नायुहरुको समस्याले गर्दा हुने गर्दछ । यी शारीरिक समस्या मधुमेह, मृगौलाको समस्या, प्रोस्टेटको समस्या, मोटोपना, धमनी र स्न्यायुहरुको सम्स्या र अत्यधिक मदिर र चुरोटको सेवनले गर्दा हुन्छ । कहीलेकाँही शरीरिक र मानसिक समस्या दबैले गर्दा हुन सक्छ । जे जस्ता कारणहरुले नपुसंकता भए पनि यी समस्याहरुको भरपर्दो समाधानहरु छन् । पुरुषहरुले आफ्नो वजन मात्र घटाए पनि धेरै मद्दत गर्छ । यदि औषधीले काम गरेन भने इन्जेक्सन र व्याकुम उपकरणहरु पनि छन् । उपयुक्त भरपर्दो उपचार बिधी खोज्नु पहिलेको भन्दा अहिले धेरै सजिलो भाई सकेको छ ।
हाम्रो देशमा कुनै पनि यससम्बन्धी अध्ययन नभएको हुनाले, यहाँको अवस्था कस्तो छ भनेर किटान गर्न गार्हो छ, तर अमेरिकन इउरोलोजीकल एसोसिएसनको अनुमान अनुसार २ दशमलव ५ करोड जति अमेरिकन पुरुषहरुमा यो समस्या छ । धेरै मानिसहरुमा भ्रम पनि छ की बढ्दो उमेरसँगै नपुसंकता पनि बढ्दै जान्छ, तर त्यस्तो होईन । यद्यपी, पुरुषहरुमा पाईने, तेस्तोस्तेरोन (जुन यौनकार्यको लागि आवस्यक हुन्छ) भन्ने हर्मोन बढ्दो उमेरसंगै शरीरमा घट्दै गए पनि त्यसको शरीरमा हुनु पार्ने सामान्य तह भई राखेको हुन्छ । बढ्दो उमेरसंगै शरीरमा धेरै परिवर्तन हुन्छन्, तर पनि नपुसंकता किन हुन्छ भनेर किटान गरेर भन्न सकिदैंन ।
कहिलेकाही नपुसंकता बिभिन्न रोगहरुले गर्दा पनि हुन्छ या ती रोगहरुमा प्रयोग हुने औषधीको नरम्रा असरहरुले गर्दा हुन्छ । तर स्वास्थ्य खानेकुरा, व्यायाम, परहेज र वजनलाई सामान्य अवस्थामा कायम रखेमा, ती रोगहरु जस्तै – उच्च रक्तचाप वा मधुमेहहरुलाई रोक्न र निको पार्न सकिन्छ । स्वास्थ्य जीवन व्यतित गरेमा वैवाहिक यौनसम्बन्ध पनि पछिसम्म कायम रहन्छ । एउटा अध्ययन अनुसार, ५० प्रतिशत देखि ८० प्रतिशत स्वास्थ्य जीवन बिताईरहेका ७० बर्र्षका आधा जति महिला पुरुषहरु प्राय गरेर दिनहुँ र आधाले कम्तिमा हपताको एक चोटि यौनसम्पर्क गरेको पाईएको छ । बढ्दो उमेर जस्तै ८०–९० बर्र्षको उमेरमा पनि पुरुषहरुमा यौनइच्छा र इरेक्सन युवावस्था जतिकै पनि भेटिएको छ । यी कुराहरुले पनि के जनाउँछ भने यौन भनेको – ‘प्रयोग गर्नुस् वा गुमाउनुस्’ भन्ने भनाईसँग दाज्न मिल्छ ।
यसको उपचार औषधीद्धारा गरिन्छ तर, सबैलाई औषधी ले नै हुन्छ भन्ने छैन् । यो कसरी भएको हो भन्ने करण पत्ता लगाई समयमा उपचार गरेमा नपुसंकता निको पार्न सकिन्छ । यो कसरी भएको हो भनेर थाहा पाउनको लागि फरक प्रविधि र सीपको आवश्यक्ता पर्दछ । यो सम्बन्धी समस्या छ भन्दैमा भियाग्रा खाईहाल्नु हुदैन, भियग्राको आफ्नै नराम्रा असरहरु पनि छन् । नपुसंकतासम्बन्धी कुनै पनि समस्या देखिएमा डाक्टरसँग राम्रोसँग छलफल गरेर उपचार गराउनु बेस हुन्छ । स्वास्थ्य खबर बाट ।