Breaking News

फेसबुक प्राइभेसीप्रतिको गम्भीर चासो ! दिग्गज कम्पनीहरु फेसबुकबाट अलग्गिदै

Feb Tue 2020 05:40:17

530 views

फेसबुक प्राइभेसीप्रतिको गम्भीर चासो ! दिग्गज कम्पनीहरु फेसबुकबाट अलग्गिदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको थियो । विश्वका विभिन्न सरकारले फेसबुकमाथि कडा नियमन गरिनुपर्ने माग गर्दै आएका छन् । फेसबुकमा संस्थापक समेत रहेका माक जुकरबर्गले आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘फेसबुक र यसका प्रयोगकर्ताप्रतिकै विश्वासघात हो, जसले हामीसँग व्यक्तिगत जानकारी शेयर गर्दछन् ।’ जुकरबर्गले फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्, ‘तपाईँहरुको व्यक्तिगत जानकारीको सुरक्षाको प्रत्याभूति दिने हाम्रो उत्तरदायित्व हो । यदि हामीले त्यो गर्न सकेनौँ भने हामी सेवा दिन लायक रहँदैनौँ ।’
फेसबुकले सुरुमा कानुनी रुपमै शैक्षिक प्रयोजनका लागि एक जना प्राध्यापकले डाटा कलेक्सन गरेको  बताएकाे छ । तर त्यसलाई पछि क्याम्ब्रिज  एनालिटिकासहितका तेस्रो पक्षलाई उपलब्ध गराइएको फेसबुकले स्पष्ट पारेको छ । यो फेसबुकको नीति विपरीत भएको पनि जुकरबर्गले स्पष्ट पारेका छन् । फेसबुकमाथि गोपनियताको प्रश्न उठेपछि प्रयोगकर्ता र यसका लगानीकर्ताहरुले नै कानुनी उपचारको बाटो खोजिरहेका छन् । सन् २०१४ मा फेसुबुकले १९ अर्ब अमेरिकी डलरमा ह्वाट्सएप किनेको थियो । क्याम्ब्रिज एनालिटिका प्रकरणपछि ‘डिलेट फेसबुक’ मुभमेनट नै चलेको छ । टेस्ला कम्पनीका प्रमुख एलन मस्कले आफ्नो फेसबुक पेज डिलिट गरेका छन् । साथै उनले आफ्नो कम्पनी स्पेस एक्स र टेस्लाको फेसबुक पेज पनि डिलिट गरिदिएका छन् । टेस्ला र स्पेस एक्सको सिको गर्दै अन्य कम्पनीहरुले पनि फेसबुकसँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरिसकेका छन् । यद्यपि फेसबुकसँग ती कम्पनीहरुको दूरी स्थायी नभएको हुँदा यसले फेसबुकलाई ठूलो प्रभाव नपार्ने ठानिएको छ । उता इन्टरनेट ब्राउजर कम्पनी मोजिलाले बुधबार एक ब्लगपोष्टमार्फत आफुले फेसबुकसँग एउटा विश्राम लिन थालेको घोषणा गर्‍यो । फायरफक्स ब्राउजर बनाउने यो कम्पनीले आफ्नो फेसबुक विज्ञापनलाई केही समयसम्मका लागि रोक्ने बताएको छ र अबदेखि उसले आफ्नो फेसबुक पेजमा पनि केही पोष्ट गर्नेछैन । यद्यपि मोजिलाले आफ्नो पेज डिलिट गरेको छैन । यदि फेसबुकले आफ्नो प्रयोगकर्ताको डाटा सुरक्षाका लागि कुनै दहि्रलो कदम उठाएमा वा गोपनियता सेटिंग्समा सुधार गरेमा आफु पुनः फेसबुकमा सक्रिय हुने संकेत उसले गरेको छ । त्यस्तै जर्मन बैंक Commerzbank ले पनि फेसबुकमा विज्ञापन दिन छाडेको छ र आफू र डाटा सेक्योरिटीलाई लिएर चिन्तित रहेको जनाएको छ । स्पीकर्स लगायतका अन्य विद्युतीय सामाग्री बनाउने कम्पनी Sonos ले पनि फेसबुक, इन्स्टाग्राम, गुगल तथा टि्वटरबाट एक हप्ताका लागि विज्ञापन फिर्ता लिने घोषणा गरेको छ । यद्यपि यी सबै कारवाहीहरु अस्थायी हुनसक्छन् । तथापि फेसबुकका लागि यो निकै ठूलो चिन्ताको विषय हो । पछिल्लो एक हप्तायता जुकरबर्गको संसारभर आलोचना भैरहेको छ । यस हप्ता फेसबुकको शेयर मूल्यमा १४ प्रतिशतले गिरावट आएको छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?