Breaking News

इथिकल ह्याक गदै आनन्दले फेसबुकबाटै लाखौ डलर यसरी कमाउछन्

Feb Tue 2020 05:40:20

501 views

इथिकल ह्याक गदै आनन्दले फेसबुकबाटै लाखौ डलर यसरी कमाउछन्

भारतको बैंग्लोरमा कार्यरत सफ्टवेर इञ्जिनियर आनन्द प्रकाशले फेसबुक ह्याक गरिदिए, जसको बदलामा उनले फेसबुकबाट १५ हजार डलर यानिकी (करिब १५ लाख नेपाली रुपैयाँ) पुरस्कार पाए । यो पहिलो पटक होइन, आनन्दले फेसबुकलाई कैयन पटक ह्याक गरिसकेका छन् । अन्य सनातिना वेबसाईटहरु ह्याक गर्नु उनका लागि सामान्य नै हो ।

वेबसाईट ह्याक गरेरै आनन्दले करिब १ करोड भारु (१ करोड ६० लाख नेपालीरुपैयाँ) कमाइसकेका छन् । फेसबुक ह्याक गरेर उल्टै पैसा किन ? आनन्द भन्छन्, ‘यो इथिकल ह्याकिङको हिस्सा हो । यसलाई कम्पनिहरुले ‘बाउन्टी रिवार्ड’ भन्छन् । मैले पछिल्लो पटक फेसबुकको लगइन सिस्टममा एउटा बग पत्ता लगाएको थिएँ, त्यसबाट जो कोहीको फेसबुक लगइन गर्न र उसको प्राइभेट मेसेज, फोटोसहित अन्य जानकारी हासिल गर्न सकिन्थ्यो ।’

उनले यसरी आफूले फेसबुक ह्याक गरेको जानकारी फेसबुकलाई गराए । २२ फेब्रुअरीका दिन उनले फेसबुकलाई यस्तो जानकारी दिएका थिए । २ मार्चको दिन फेसबुकले उनलाई पुरस्कृत गरेको सुचित गरायो, बिबिसी हिन्दीमा खबर छ ।

Facebook Messege to Aanand

भारतीय अनलाईन सपिङ साईट फ्लिपकार्टमा सेक्युरिटी एनालिस्टको काम गर्ने आनन्द भन्छन्, ‘प्राय कम्पनिले भाइरस र बगबाट बच्नका लागि सेक्युरिटी कम्पनीहरुलाई निकै पैसा दिन्छन् ।’ यसबाटमात्रै सेक्युरिटी बलियो नभएपछि फेसबुक, गुगल, माइक्रोसफ्टजस्ता कम्पनिहरुले ह्याकरहरुलाई खुल्ला रुपमै आफ्नो वेबसाईट ह्याक गर्न आह्वान गरेका छन् । यदि कसैले ह्याक गर्न सक्यो भने उनीहरुलाई पुरस्कृत गरिन्छन् ।

यसलाई ति कम्पनिहरुले आफ्नो कमजोरी पत्ता लगाउने टूलको रुपमा प्रयोग गर्दै आएका छन् । जब कुनै ह्याकरले साईट ह्याक गर्छ, र त्यहाँ रहेको कमजोरीसहित सूचित गर्छ, उसलाई पुरस्कृत गरिन्छ र त्यहाँ रहेको कमजोरी सच्याइन्छ ।

रोचक कुरा त के भने आनन्द एक सफ्टवेर इञ्जिनियर हुन्, उनले ह्याकिङको कुनै स्पेशल कोर्स लिएका छैनन् । उनले अन्य ह्याकरहरु तथा युट्युवमा प्राप्त सामग्रीहरु हेरेर नै इथिकल ह्याकिङ सिकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?