Breaking News

फ्रि वाइफाइ सर्च गर्दा ह्याकिंगको खतरा, ४ तरिकाले ह्याक हुनसक्छ कुनै पनि स्मार्टफोन

Feb Tue 2020 05:40:16

819 views

फ्रि वाइफाइ सर्च गर्दा ह्याकिंगको खतरा, ४ तरिकाले ह्याक हुनसक्छ कुनै पनि स्मार्टफोन

यदि तपाइँको जहाँ गएपनि वाइफाइ सिग्नल सर्च गर्ने बानी छ भने ख्याल गर्नुस् । तपाइँ गल्ती गर्दै हुनुहुन्छ ।  हालै १४ देशमा गरिएको एक सर्वेले सार्वजनिक फ्रि वाइफाइको खोजी गर्दा तपाइँको गोप्य जानकारी पनि लिक हुन सक्छ । सार्वजनिक वाइफाइ प्रयोग गर्दा तपाइँको मोबाइल वा ल्यापटपमा भएका गोप्य डाटाहरु चोरिने र त्यसको दुरुपयोग पनि हुन सक्छन् । इन्टरनेट सेक्युरिटीद्वारा विश्वभर गरिएको एक सर्वेमा अधिकाँश मानिसहरुले सार्वजनिक वाइफाइ कनेक्ट गर्न खोज्दा आफ्नो गोप्य सूचना चुहाउने देखिएको छ ।

यी ४ तरिकाले ह्याक हुनसक्छ कुनै पनि स्मार्टफोन

 कुनै इलेक्ट्रोनिक डिभाइस ह्याक हुनु नौलो होइन न गाह्रो नै छ। ह्याकर तपाईको स्मार्टफोनबाट सारा डाटा कपी गरेर लैजाला थाहासम्म नहुन सक्छ।

यसरी हुन सक्छ ह्याक, ४ तरिका अनि कसरी बच्ने?

१. MySpy एप यो एप कसैले तपाइको स्मार्टफोनमा इन्स्टल गरि स्मार्टफोनमा तपाईको पुरै एक्टिभिटी ट्र्याक गर्न सक्छ। यसले इनकमिङ तथा आउटगोइङ कल मोनिटर गर्छ। टेक्स्ट, फोटो तथा इमेल माथी नजर राख्छ। इन्टरनेट, अन्य एप अनि प्रोग्राम मनिटर गर्छ। साथै यसले जीपिएस लोकेसन समेत ट्र्याक गर्न सक्दछ। यसलाई ‘The Stalking app’ पनि भनिन्छ।

कसरी बच्ने? आफ्नो स्मार्टफोन अन्यको हातमा नदिनुस्। फोनमा अन्यले पत्ता लगाउन नसक्ने पासवर्ड राख्नुस्। २-३ महिनामा एक पटक पासवर्ड परिवर्तन गर्ने गर्नुपर्दछ।

२. एक्सेलेरोमिटर सेन्सर जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजिको एक रिसर्च अनुसार आईफोन ४ पश्चात सबै हेडसेटमा सोफेस्टिकेटेड एक्सेलेरोमिटर हुन्छ। रिसर्च अनुसार यो सेन्सर यस्तो स्मार्ट हुन्छ कि तपाईको डेस्कमा राखेको स्मार्टफोन भाइब्रेशनबाट पत्ता लगाउन सक्छ कि तपाई कि-बोर्डमा के टाइप गर्दै हुनुहुन्छ, त्यो पनि ८० प्रतिशत एक्युरेसीको साथ। यस्तोमा क्रेडिट कार्ड, अनलाइन ब्याङ्किङ, फेसबुक तथा इमेलको पासवर्ड चोरी हुन सक्दछ।

कसरी बच्ने? स्मार्टफोन जति किबोर्डको नजिक हुन्छ त्यति नै यसले प्रभावकारी काम गर्दछ। कम्प्युटरसंगै स्मार्टफोन नराख्नुस्।

३. पर्सनल वाई‍-फाई हटस्पट आफ्नो फोनबाट वाई-फाई हटस्पट दिनु खतरनाक हुन सक्दछ। यदि सार्वजनिक ठाउँमा यसो गरिएमा ह्याकर्सले सिग्नल ह्याक गर्न सक्दछन्। ओपन नेटवर्कबाट उनीहरुले अवैधानिक कुरा डाउनलोड तथा वितरण गर्न सक्दछन्। अवैधानिक काम खोजतलास हुँदा प्रहरी भने तपाइको घरसम्म आइपुग्ने छ।

कसरी बच्ने? आफ्नो फोन तथा घरको वाई-फाईको पासवर्ड अन्यले थाहा पाउन नसक्ने राख्नुस्, नियमित परिवर्तन गर्ने गर्नुस्।

४. फ्ल्यास लाइट एप के तपाइले फ्ल्यास एप डाउनलोड गर्नु भएको छ। गुगल प्लेस्टोरमा भएका टप १० फ्ल्यास लाइट एपले स्पाइको काम गर्ने विभिन्न रिसर्चले देखाएको छ। करिब ७२ केबी साइजको हुने यी एप १.२, ५ एमबी सम्म हुने गरेको पाइएको छ।

कसरी बच्ने? ७२ KB भन्दा बढी साइजका फ्ल्यास लाइट एप डाउनलोड गर्नुस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?