Breaking News

ह्याकरको पहुँच सरकारी निकायका वेबसाइटमा

Feb Tue 2020 05:40:22

528 views

ह्याकरको पहुँच सरकारी निकायका वेबसाइटमा
सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । गृह मन्त्रालय, लोकसेवा आयोगजस्ता महत्वपूर्ण निकायका वेबसाइटमा समेत समस्या देखिएको छ। फिलिपिन्स ठेगाना राखिएको एक ट्वीटर ह्यान्डल प्रयोगकर्ताले केही दिनयता नेपाली वेबसाइट ह्याक गरेको भन्दै ट्वीटरमार्फत सार्वजनिक गरेका थिए । ‘पिनोय लुजसेक’ नाम दिइएको यो ह्यान्डलले मात्रै दुई दर्जन वेबसाइट प्रभावित पारेको देखिन्छ । यो ट्वीटर ह्यान्डलले राहदानी विभागको वेबसाइट ह्याक गरी डाटाबेस नै सार्वजनिक गरिदिएको छ । सरकारी कार्यालयका वेबसाइट बनाउने बेला सुरक्षाका सामान्य उपायसमेत नअपनाइएकोले यस्तो समस्या आएको विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?