भारतको अघोषित नाकाबन्दीले देश यतिबेला संकटको घडीमा छ । औषधिउपचार लगायतका अत्याबश्यक बस्तुहरुको अभाबले जनजीबन कष्टकर बन्दै गएको छ । त्यस माथि बजारमा ब्याप्त अत्यावश्यक सामग्रीहरुको समेत कालोबजारीले समस्या झन् जटिल बनेको छ । हुने खानेलाई भन्दा हुँदा खानेलाई छाक टार्न धौ धौ परेको छ । यस्तै समस्याका बीच बिबेकशील नेपाली दलले बिहिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडी सरकारलाई समस्या सुल्झाउन दबाबमुलक कार्यक्रमको आयोजना गर्यो । ‘कि त समाधान देउ, कि त् राजिनामा देउ’ प्ले कार्ड बोकेका उनीहरुले ग्यासका रित्ता सिलिन्डर, खाली थाल, कचौरा, चंचा सहित झन्डै एक घण्टा प्रधानमन्त्री निबास अगाडी शान्तिपूर्ण जन दबाब प्रदर्शन गरेका थिए । उनीहरुलाई सर्बसाधारणहरुले समेत साथ् दिएका थिए । यो कार्यक्रम किन भन्ने प्रश्नमा त्यहाँ उपस्थित बिबेकशील नेपाली दलका प्रतिनिधि अविरल कार्कीले भने ‘ घरको कुकुर त मालिक आए पछि पुछार हल्लाउछ , अनि चोर डाका आउदा भुक्छ भने हाम्रो नेतृत्वलाई नि नुन को सोझो गर्न अनुरोध गर्छु , दिन रात मेहेनत गर्ने जनताको पसिनाको कमाइ खाएर त्यो जनतालाई नै दुख दिने काम नगरौ। समस्याको समाधान खोजौ।’ सरकारलाइ दबाब दिन यो जन दबाबमुलक कार्यक्रम हरेक दिन बेलुका ४ : १५ देखि ५ : १५ बजे गर्ने समेत कार्कीले बताए ।
फोटोमा हेर्नुस दलको जन दबाब ।
-bizpati.com