Breaking News

हेल्थ डिभाइसहरु पनि साइबर हमलाको खतरामा !

Feb Tue 2020 05:40:34

814 views

हेल्थ डिभाइसहरु पनि साइबर हमलाको खतरामा !
स्मार्ट हेल्थ सुबिधा बिरामीका लागि घातक हुनसक्नेमा विज्ञहरुको चिन्ता पेसमेकर तथा एमआरआई स्क्यानर्स जस्ता डिजिटल्ली कनेक्टेड हेल्थ डिभाइस बिरामीका लागि घातक हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । बेलायतको रोयल एकेडेमी अफ इन्जिनियर्सले यस्तो चेतावनी जारी गर्दै यस्ता डिभाइसको दुरुपयोग गरी ह्याकरहरुले बिरामीलाई नोक्सान पर्‍याउनसक्ने जोखिम रहेको जनाएको छ । रोयल एकेडेमी अफ इन्जिनियर्स तथा पेट्रास इन्टरनेट अफ थिंग्स रिसर्च हबको तर्फबाट प्रकाशित भएका दुई रिपोर्टमा सेक्युरिटी विज्ञहरुले यस्ता कनेक्टेड हेल्थ डिभाइसमा साइबर हमलाको खतरा बढिरहेको र त्यो चिन्ताको विषय रहेको उल्लेख गरेका छन् । यसले बिरामीको सुरक्षामा गम्भीर खतरा पैदा गरेको उनीहरुको भनाइ छ । विज्ञले भनेका छन्, ‘प्रेसमेकर तथा एमआरआईलगायतका ठूलो संख्याका स्वास्थ्य उपकरणमा खतरा देखिएको छ । रिपोर्ट अनुसार डिजिटल्ली कनेक्टेड सिस्टमलाई सुरक्षित बनाउनु अत्यावश्यक छ ता कि भविष्यमा कुनै खतरा नहोस् । यस्ता उपकरणमा साइबर हमलाको खतरा छ ।’ एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?