मोबाइल रेडियसनको असर: एउटै बालकको मुखमा ५२६ वटा दाँत
Feb Tue 2020 05:40:46
716 views
भारतमा पनि एक घटना भएको छ । भारतको चेन्नाईमा एक डेन्टल कलेजका डाक्टरहरु चकित परिरहेका छन् ।
चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुको एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी रहेको छ । मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना भएको समेत डाक्टरहरुका बताउछन् । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।
यस किसिमको दाँतहरुको विकास मोबाइल टावरको रेडियसनको कारण पनि हुन सक्ने भारतीय अनलाइन द हिन्दूले लेखेको छ । स्मरण रहोस यस अघि पनि सन् २०१४ मा भारतकै १७ वर्षीय एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो ।रविन्द्रन नाम गरेका ती बच्चाको दायाँ गाला सुन्निने र दुख्ने समस्या भएपछि उनका अभिभावकहरुले अस्पताल लगेका थिए ।
जाँचको क्रममा डाक्टरहरुले अस्वाभाविक संख्यामा दाँतहरु रहेको पत्ता लगाए । डा पी सेन्थिलनाथनले एक्स रे र सिटी स्क्यान गरेर हेर्दा ति अस्वभाबिक दाँतहरु भएको पत्ता भएका थिए । जसलाई अपरेसन गरेर निकालिएको थियो ।