Breaking News

अब घरमा बसी-बसी यसरी तिर्नुहोस् बिजुलीको बिल

Feb Tue 2020 05:40:26

416 views

अब घरमा बसी-बसी यसरी तिर्नुहोस् बिजुलीको बिल

अब बिजुलीको बिल  घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई सुरु गरेको

जनाएको छ ।

यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई-सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताकोे तयारी गर्दैछ । यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने छ ।

बैंक, मोबाइल, वालेट सर्भिस प्रोभाइडर, तथा रेमिट्यान्स कम्पनी गरी अहिलेलाई झन्डै १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुबिधा उपलब्ध भएको छ । यसलाई अझै बिस्तार गर्ने प्राधिकरणले जनाएको छ ।

अब मिटर रिडिङका लागि मिटर रिडरलाई घर(घरमा जानैपर्ने बाध्यता समेत हट्न भएकोे छ । सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने व्यवस्था लागू  हुने पनि प्राधिकरणले हटाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?