Breaking News

बलत्कार हुनबाट बच्ने पेन्टीको आविष्कार पेन्टीमा स्मार्ट लक र जीपीआरएस प्रविधि जडित

Feb Tue 2020 05:40:53

731 views

बलत्कार हुनबाट बच्ने पेन्टीको आविष्कार पेन्टीमा स्मार्ट लक र जीपीआरएस प्रविधि जडित
भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीकी छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् । यो आम पेन्टीभन्दा फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जोडिएको छ । जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लाग्नेछ । त्यस्तै, पेन्टीमा जडित रेकर्डरले घटनास्थल वरिपरिको आवाजहरूलाई रेकर्ड समेत गर्नेछ ।
पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न सकिँदैन् । न कि यो कपडा जलाउन सकिन्छ । यसमा एउटा बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं। मा स्वचालित रूपमा फोन   जान्छ ।
त्यसपछि प्रहरी पेन्टीमा जडित जीपीआरएसको सहायताबाट महिला भएको स्थानसम्म पुग्नेछन् । उनको यो आविष्कारको भारतभर चर्चा सुरु भएको छ । केन्द्रीय बाल तथा महिला विकासमन्त्री मेनका गान्धीले उनको प्रशंसा गर्दै भविष्यमा आममानिसको सुरक्षाका लागि प्रयत्नशील रहन शुभकामना दिइन् । उनको यो अविष्कारलाई पेटेन्ट राइट दिलाउन इलाहाबादस्थित नेसनल इनोभेसन फाउन्डेसनमा पठाइएको छ । पछिल्लो समय भारतमा बलात्कारका घटना बढ्दै गएका छन् । राष्ट्रिय अपराध तथ्यांक ब्युरोका अनुसार भारतमा हरेक दिन ७९ महिला बलात्कारको सिकार हुने गर्छन् । बीबीसीका अनुसार मध्ये प्रदेशमा मात्र सन् २०१६ मा सबैभन्दा बढी बलात्कारका घटना घटेका थिए । देशभर वर्षमा २८ हजार ९ सय ४७ महिलामाथि बलात्कार भएकामा ४ हजार ८ सय ८२ महिलामाथि मध्ये प्रदेशमा बलात्कार भएको थियो । त्यस्तै, उत्तर प्रदेशमा ५ हजार ८ सय १६ र महाराष्ट्रमा ४ हजार १ सय ८९ महिलामाथि बलात्कार भएको थियो । सिनुले रेल दुर्घटनाबाट बच्न सहयोगी हुने एक उपकरण निमार्णमा समेत काम गरिरहेकी छन् । जसको प्रयोगबाट बढ्दो रेल दुर्घटना रोक्न सकिने बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?