Breaking News

यी हुन् सजिलै ह्याक हुने पासवर्डहरु, यस्तै छ भने तुरुन्तै बदल्नुस्

Feb Tue 2020 05:40:18

649 views

यी हुन् सजिलै ह्याक हुने पासवर्डहरु,  यस्तै छ भने तुरुन्तै बदल्नुस्
इन्टरनेटमा रहेका आफ्ना विभिन्न सेवाका अकाउन्टमा सहजताका लागि तपाइँ हामीले सजिलो पासवर्ड राख्न रुचाउँछौँ, ता की भोलि आफैले पासवर्ड नबिर्सियोस् । अल्छी गरेर हामीले पासवर्डको रुपमा यस्ता अक्षर तथा अंक लगायतको प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ । तर तपाइँहाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्ः 123456 123456789 querty 12345678 111111 1234567890 1234567 password 123123 987654321 त्यसैले यदि तपाइँले आफ्नो अकाउन्टमा यी मध्येका कुनैप्नि पासवर्डको प्रयोग गर्नुभएको छ भने तुरुन्त चेन्ज गरिहाल्नुस् । किनकी यी पासवर्ड सबैभन्दा ह्याक भएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?