Breaking News

चेतना मूलक बोसिया प्रशिक्षण तथा खेलाडी छनौट कार्यक्रम

Feb Tue 2020 05:40:43

745 views

चेतना मूलक बोसिया प्रशिक्षण तथा खेलाडी छनौट कार्यक्रम
  •  शर्मिला विश्वकर्मा /काठमाण्डौं

नेपाल बोसिया संघको आयोजनामा युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको लागि चेतना मूलक उपत्यका व्यपापी बोसिया प्रशिक्षण एवं खेलाडी छनौट कार्यक्रम काठमाण्डौंमा गरियो । सो कार्यक्रममा नेपाल पाराओलम्पिक कमिटिका अध्यक्ष दिपक कोइरलाले अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको क्षेत्रलाई अगाडी बढाउन सबै निकायहरुले सहयोग गर्नु पर्ने बताउनु भयो । त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको लागि खेलकुद अति आवश्यक भएको र उनीहरुको खेलकुदको विकासको लागि सरोकारवाला निकायले सहयोग गर्नु पर्ने बताउनु भयो । त्यसै गरी नेपाल बोसिया संघकी अध्यक्ष गोमादेबी पौडेलले अपाङ्गता भएका व्यक्तिहरुले पनि अवसर पाएको  खण्डमा खेलकुदमा सफलता प्राप्त गर्न सक्ने भनि चेतना जगाउने उद्देश्यले यो कार्यक्रमकोआयोजना गरिएको बताउनु भयो । सो कार्यक्रमको पहिलो चरणमा सो कार्यक्रमको पहिलो चरणमा बोसिया खेल खेल्ने खेलाडी अति असक्त अपाङ्गता भएका व्यक्ति अमिर बम्जनले मुखले र मस्कुलर डिष्ट्रोफि भएका व्यक्ति बुद्ध राईले खुट्टाले बल गुडाएर बोसिया खेल खेल्नुभएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि एवं उपप्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सि.पी. मैनालीले खेल स्वास्थ्यको लागि आवश्यक भएको र आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासको लागि काम गर्न जरुरी रहेको बताउनु भयो । सो प्रतियोगितामा काठमाण्डौं उपत्यकाका विभिन्न १५ वटा विद्यालयका ६० जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?